बुटवल । तिन दिन देखी परेको शितलहरका कारण जनजिवन प्रभावित भएको छ । लुम्विनी प्रदेशको नवलपरासी, कपिववस्तु ,रुपन्देही, वाके र वर्दियामा अत्यधिक चिसो वढेको हो। आइतबार साँझदेखि परेको शीतलहरका कारण रुपन्देही नवलपसारी लगायतको क्षेत्रका जनजीवन प्रभावित भएको हो । शीतलहरसँगै बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो ।
आइतबार रातिदेखि नै परेको शीतलहरका कारण अत्यधिक चिसो बढेपछि अत्यावश्यक कामबाहेक जिल्लावासी घरबाहिर निस्किन सकेका छैनन । जसका कारण स्थानीय बजारसमेत सुनसान बनेको व्यवसायीहरू बताउँछन् ।
बुटवलमा चिसो बढेपछि स्थानीयले चोकचोकमा आगो बालेर ताप्न थालेका छन् । तर सामुदायिक वन र स्थानीय सरकारले पर्याप्त दाउरा उपलव्ध नगराउदा समस्या वढेको स्थानीयले गुनासो गरेको छन । बुटवल उपमहानगरपालिका वडा नं ३का वडा अध्यक्ष विष्णु ढकालले चिसो वढेकाले स्थानीयलाई दाउरा उपलव्ध गराई चोक चोकमा आगो वालेर केही राहत दिने व्यवस्था गरिएको बताउनु भयो । सामुदायिक वन उपभोक्ता समितिसंगको समन्वयमा वडाका टोल टोलमा दाउरा उपलब्ध गराईएको उहांले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञा विभागका अनुसार भोलि पनि तराईको क्षेत्रमा हुस्सु रहने छ ।