Nepali News Portal

आर्थिक र सामाजिक रुपान्तरण अबको आवस्यकता: सभामुख

राजनीतिक इमानदारीता देखाउन पुर्बमन्त्री बरालद्वारा आग्रह

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बिस्तृत शान्ति सम्झौता युगान्ताकारी सम्झौता भएको बताउदै आर्थिक र सामाजिक रुपान्तरण अबको आवस्यकता रहेको औल्याउँनु भएको छ।

शनिबार बुटवलमा आयोजित नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै  सभामुख घर्तीमगरले शान्ति सम्झौताको बाकी कार्यभार नयाँ नेतृत्वमा आएकोले त्यसलाई गम्भीरता पुर्बक लिनु पर्नेमा जोड दिनु भयो ।

‎ नेपाली समाजमा बढ्दै गएको गैरजिम्मेवारीपन र स्वेच्छाचारिताका कारण राजनीतिक तथा आर्थिक विषयमा गम्भीर बहस र पैरवी हुन नसक्नु दुःखद पक्ष भएको उहाँको भनाई छ। उहाँले नेपालको विकासका लागि सहमति, सहकार्य, समन्वय, सहअस्तित्व र सद्भाव कायम गर्न आवश्यक रहेको बताउनु भयो ।

‎नेपाल भुराजनीतिको केन्द्र भएको बताउनु हुँदै  उहाँले कुटनीतिक सम्बन्धलाई बलियो बनाउन सुझाव दिनु भयो । “महाशक्ति राष्ट्रहरु अमेरिका, चीन र रूस नेपाल केन्द्रित भएका  छ्न ।” उहाँले प्रधानमन्त्रीको भारत भ्रमणको प्रसंग केन्द्रिय गर्दै भन्नुभयो – “अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्धलाई ध्यान दिन जरुरी छ ।” उहाँले व्यक्तिगत स्वार्थ र ‘म मेरो’ भन्ने सोचबाट माथि उठेर राष्ट्रिय हितमा काम गर्न सबैलाई आग्रह गर्नु भयो ।

आर्थिक अनुसन्धान केन्द्र नेपाल र समृद्धि सरकार केन्द्रको संयुक्त आयोजनामाभएको  ‘विस्तृत शान्ति सम्झौताका दुई दशक : सामाजिक–आर्थिक उपलब्धि र अबको बाटो’ विषयक नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री सुदर्शन बरालले राजनीतिक इमानदारीको खाचो औल्याउँनु भयो ।
‎देशमा केही पनि भएन भन्नु राजनीतिक बेइमानी हुने उहाँको दाबी छ ।
परिबर्तन चाहने नेपालका राजनीतिक दलहरु एकता र सहकार्यबाट  राजनीतिक परिवर्तन सफल बनाएको बताउदै उहाँले  आर्थिक समृद्धिका पनि सहकार्य जरुरी रहेको बताउनु भयो ।
‎त्यसै गरि पुर्ब मन्त्री तथा  लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विगतका राजनीतिक आन्दोलनको जगमा देश अगाडि बढिरहेको उल्लेख गर्दै परिवर्तनलाई आत्मसात् गरेर राजनीतिक दलहरूले आफ्ना कार्यक्रम जनस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिनु भयो।
‎समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा प्रवक्ता मनिकर कार्कीले नेपाली समाजको अस्थिर  प्रवृत्तिका कारण विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेका सबै उपलब्धि हासिल हुन नसकेको बताउनु भयो ।
‎बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले विस्तृत शान्ति सम्झौतापछि आधुनिक नेपालको इतिहासमा सामाजिक–आर्थिक सूचकहरूमा सकारात्मक परिवर्तन आएको बताउनु भयो । उहाँले  युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीमा जोड्न बर्तमान सरकार गम्भीर नदेखिएको बताउनु भयो।जनताको अपेक्षा पूरा हुन नसक्दा असन्तुष्टि पुन: बढेको बताउनु हुँदै उहाँले अहिलेको सरकार संचालन गर्ने संग सत्ता अझै हात नपरेको बताउनु भयो ।
‎आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसालको अध्यक्षता , ऋषि आजादको संचालनमा भएको कार्यक्रम
समृद्वि सरोकार केन्द्रका अध्यक्ष गणेश गौतम धन्यवाद ज्ञापन गर्नु भयो ।
‎कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेम परियार, बुटवल नगर सभापति रीता केसी, नेपाली कम्युनिस्ट पार्टीका नगर अध्यक्ष महेन्द्र भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राजन पाण्डे तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुनाराम पोखरेल, युवा व्यवसायी प्रकाश भुसाल, शान्ति समाजको पुर्ब अध्यक्ष  अर्जुन  ज्ञवाली लगायतले आ–आफ्ना धारणा राख्नु भयो ।  मुकुन्द पोखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.