Nepali News Portal

बुटवलमा मेलाको तयारी तिब्र, ब्यवसायीमा उत्साह

 

  • ‎लुम्बिनी हेडलाईन्स सम्बाददाता

‎बुटवल । मुख्य पर्वहरु दशै, तिहार, छठ पर्व सकिए लगतै बुटवलमा मेलाको तयारी गरिएको छ । ब्यापारीक शहर बुटवल तथा यसको आसपासमा विभिन्न ब्यवसायिक संघ संस्थाहरुले मेला महोत्सवको तयारी गरेका छ्न ।
‎तिलोत्तमा उधोग बाणिज्य संघको आयोजना नवौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि , प्रबिधि तथा पर्यटन प्रबर्द्धन महोत्सवको तयारी गरिएको छ। संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादन, कृषि, उद्योग, प्रविधि र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित मेला आयोजना गरिएको जानकारी दिनु भयो ।

तिलोत्तमा -५ मणिग्राममा मंसिर ३ गते देखी १६ गते सम्म संचालन हुने महोत्सवले स्थानीय ब्यवसायी उत्साहित भएका छन ।

त्यसै गरि उद्योग व्यापार संघ बुटवलको आयोजनामा यहि पौष ३ गतेदेखि १६ गते सम्म सञ्चालन गरिने ‘पाँचौ राष्ट्रिय औद्योगिक व्यापार मेला (कृषि एवं पर्‍यटन महोत्सव) २०८३’ को तयारी तीब्ररुपमा अगाडि बढेको आयोजकले जनाएको छ । आयोजक उद्योग व्यापार संघ बुटवलका अध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक लोकनाथ पन्थीले मेला सम्पन्न गर्नका लागि ७७ सदस्यीय मूल आयोजक समिति गठन गरेर कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । अध्यक्ष पन्थीका अनुसार यसबाहेक मेला सफल पार्नका लागि सल्लाहकार समिति र २९ वटा उपसमिति गठन गरेर मेलाको तीव्र तयारी गरिरहेको बताउनु भयो ।
‎‘स्वाधिन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मूला नाराका साथ अन्तराष्ट्रिय सम्मेलन केन्द बुटवल मण्डपमा सञ्चालन हुने मेलामा ५० करोड रुपैयाँको कारोवार सहित १५ लाखले प्रदर्शनी अवलौकन गर्ने अपेक्षा गरिएको संयोजक लोकनाथ पन्थीले जानकारी दिनुभयो ।

यसैगरि उद्योग व्यापार संघ बुटवलका महासचिव एवं मेला सचिवालय तथा सूचना प्रवाह व्यवस्थापन उपसमितिका संयोजक विजय आचार्यले स्वदेशी उत्पादनको प्रदर्शनी तथा प्रवद्र्धन, स्थानीय हस्तकला, कृषि तथा पर्‍यटन प्रवद्र्धन, स्थानीय तथा राष्ट्रिय प्रतिभा प्रस्तुती लगायतका मूख्य उदेश्यहरुलाई समेटेर मेलालाई आकर्षक बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
करिब ६सय भन्दा बढि स्टल रहने प्रदर्शनीका लागि अहिलेसम्म करिब २५० स्टल दर्ता भइसकेको छ । स्टल दर्ता गर्ने कार्य चलिरहेको स्टल दर्ता, निर्माण तथा व्यवस्थापन उपसमिति संयोजक पदम जिसीले जानकारी दिनुभयो । आयोजकका अनुसार मेलामा विद्युतीय गाडीसहितको अटोमोबाइल, होटल तथा रेष्टुरेन्ट, अन्तर्राष्ट्रिय स्टल, फर्निचर तथा फर्निसिङ, तयारी पोशाक तथा गार्मेन्ट, बैंक तथा वित्तीय संस्था, दैनिक उपभोग्य वस्तु, बेकरी, डेरी तथा आइसक्रिम, जुत्ता–चप्पल, आईटी तथा इलेक्ट्रोनिक्स, स्वास्थ्य, शैक्षिक संस्था, हर्बल तथा जडीबुटी, हस्तकला, कुटिर उद्योग, कृषि तथा पशुपालन लगायतका पेभेलियन रहनेछन् । अहिले स्टल निर्माण, बाल उद्यान, सचिवालय निर्माण, सरसफाई लगायतका कामहरु भइरहेको बताइएकोे छ ।

You might also like
Leave A Reply

Your email address will not be published.