Nepali News Portal

आज देखी तिहार शुरु

बुटवल  । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।

त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथी लाग्ने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलालले जानकारी दिनुभयो  । उहाँका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.