Nepali News Portal

ज्येष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा  पुनः पाण्डे

बुटवल । श्रृङ्गेश्वर धाम, तिलोत्तमा-४ डिङ्गरनगर रुपन्देहीको  छैठौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन यदुनाथ पाण्डेको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

समितीको उपाध्यक्षमा ओमीकला पुन, सचिवमा इश्वरीप्रसाद गौतम, कोषाध्यक्षमा मधुसुदत पाण्डेय निर्बिरोध हुनु भएको छ । त्यसै गरि सदस्यहरूमा, कुशानन्द न्यौपाने,भारती जोशी, मैया भुसाल निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत अविवक्ता  केशवराज पोखरेल जानकारी दिनु भयो ।  अधिबक्ता पोख्रेल , अधिवक्ता माधवप्रसाद घिमिरे र अधिवक्ता मणि बस्याल रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको हो ।

<span;>यदुनाथ पाण्डेको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा वडा अध्यक्षहरू हरिबहादुर क्षेत्री, कल्याण पौडेल, फर्सुराम गिरी, गणेश पाठक तथा वडा सदस्य मित्रलाल न्यौपानेसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका प्रमुख संरक्षक डा. नारायणप्रसाद पन्थ तथा संरक्षक ऋषि भण्डारीले  गुल्मेली गुल्मेली सम्पर्क समाज रुपन्देही गुरुयोजनामा स्थापना भएको यो ज्येष्ठ नागरिक मिलनकेन्द्र सबैको गौरवको आयोजना भएकाले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको यसैगरी सहयोगको अपेक्षा भएको विचार व्यक्त गर्नुभयो ।

‎प्रमुख अतिथि खाँडले यो केन्द्र तिलोत्तमाको मात्रै नभएर रुपन्देहीबासीको गौरव भएकोले सबैले सहकार्य गर्नुहुन आग्रह गर्नुभयो ।कार्यक्रमको संचालन सचिव दया भण्डारीले गर्नु भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.