काठमाडौं । सरकारले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको छ ।
दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर केसीलाई आईजीपी नियुक्त गरिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई महानिरीक्षक नियुक्त गरेको हो । पछिल्लो समय सरकार र आईजी कार्कीबीच टसल देखिएको थियो ।
३४ औँ आईजीपी बनेका केसीलाई गृह मन्त्रालयमा बुधबारै गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्हबाट सुशोभन गर्नु भयो ।