Nepali News Portal

गृहमन्त्री सुधन गुरुङद्वारा राजिनामा

गृहमन्त्री सुधन गुरुङद्वारा राजिनामा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनु भएको छ । विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उहाँले आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाउनु भएको हो।
राजीनामा दिएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउदै उहाँले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको बताउनु भएको छ ।
‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उहाँले भन्नुभएको छ, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।’ आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै उहाँले सञ्चारकर्मीहरूलाई चेतावनी पनि दिनु भएको छ । ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.