Nepali News Portal

प्रचण्डद्वारा कम्युनिष्ट आन्दोलनको पुनर्गठनको आव्हान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आव्हान गर्नु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको शुभकामना दिँदै उहाँले नेपाली कम्युनिष्टहरूको काँधमा विगतका संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी आएको बताउनु भएको छ ।
“इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु ।” शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा विशेष जोड दिनु भएको छ ।
विगतको समीक्षा र वैचारिक संश्लेषणसहित वामपन्थी आन्दोलन पुनर्गठनको संकल्प लिन पनि उहाँको आव्हान छ ।

You might also like
Leave A Reply

Your email address will not be published.