आज विश्व मौसम दिवस मनाइँदै
बुटवल । विश्व मौसम दिवस ७६ औं संस्करण नेपालसहित विश्वभर ‘आजको अवलोकन, भोलिको सुरक्षा’ नाराका साथ मनाइँदैछ।
इसिमोडको प्रतिवेदनअनुसार हिन्दकुश हिमालयमा हिउँ पग्लिने दर ६५ प्रतिशतले बढेको छ र शताब्दीको अन्त्यसम्म ३० देखि ५० प्रतिशत हिउँ हराउने जोखिम छ।
नेपालमा जलवायुजन्य विपद्का कारण हरेक वर्ष औसत २५० जनाले ज्यान गुमाउने र करिब २९ अर्ब रुपैयाँ आर्थिक क्षति हुने तथ्यांक गृह मन्त्रालयले सार्वजनिक गरेको छ।