जैसीथोक रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पुनः कुँवर
बुटवल । गुल्मी जैसीथोक रुपन्देही सम्पर्क समाजको पाचौ साधारण सभा तथा तेस्रो अधिबेसनबाट अध्यक्ष पदमा पुन: राजेन्द्र कुँवर निर्बाचित हुनु भएको छ ।
समाजको सनिबार बुटवलमा सम्पन्न अधिबेशनले उपाध्यक्षमा प्रकास खनाल,सचिबमा दीपक पोखरेल, कोषाध्यक्षमा राजेन्द्र पोख्रेल ,सहसचिवमा नरेश पोखरेल र सह कोषाध्यक्षमा प्रकाश पोखरेल निबिरोध निर्बाचित भएको निर्बाचन मण्डल संयोजक नारायण पोखरेलले जानकारी दिनु भयो ।
त्यस्तै सदस्यहरुमा राम प्रसाद पोखरेल, यदुमणी पोखरेल, भरत पाण्डे ,कमल भण्डारी, बिष्णु खनाल ,बिष्णुप्रसाद घिमिरे, टंक प्रसाद पोखरेल,दिनेश पोखरेल ,राजेश बिक प्रकाशचन्द्र घिमिरे र कमला शर्मा कुँवर निर्वाचित हुनु भएको छ ।
अधिबेशन उदघाटन कार्यक्रममा धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोखरेलले बिकास निर्माण र सडक सञ्जालका कारण जैसीथोक र बुटवल, रुपन्देहको दुरी घटेको बताउनु भयो । उहाँले सडक पुर्बाधार, स्बास्थ्य शिक्षा, कृर्षि क्षेत्रमा गाउमा बिकासले फडको मारेको बताउनु भयो ।
कार्यक्रममा गूल्मीदरबार गाउपालिकाका लेखा अधिकृत तेजेन्द्र थापा मगर ,कोरापानी बचतसमुहको अध्यक्ष यदुमणी पोखरेल लयायतले आफनो भनाई राखेका थिए ।
कार्यक्रमा अध्यक्षको प्रतिबेदन राजेन्द्र कुवरले प्रस्तुत गर्नु भयो भने नारायण पोखरेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । स्बागत मनतब्य प्रकाश खनालले र कार्यक्रमको सञ्चालन दीपक पोखरेलले गर्नु भएको थियो । गुल्मीको जैसीथोक जन्मथलो भई रुपन्देही आसपासमा बसोबास गर्नेहरुका बिच आपसी भाईचाराको सबन्ध स्थापित गर्ने जन्म थलो जैसीथोक लक्षित सामाजिक उत्तरदाहित्य बहन गर्ने उदेश्यले २०७४ सालमा समाज स्थापना गरिएको थियो ।