Nepali News Portal

टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–७, झडेवासमा टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शनिबार साँझ करिब ६ बजे झडेवाबाट चुँदुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा चालक अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय चिन्ताबहादुर सुनारसहित अन्य दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुईजनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
दुर्घटनामा तानसेन नगरपालिका–१०, पटुवा बस्ने ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.