Nepali News Portal

बुटवल उप-महानगरपालिकाद्वारा उपभोक्ता सचेतना

बुटवल उप-महानगरपालिकाद्वारा उपभोक्ता सचेतना
बुटवल । बुटवलबासीलाई स्वस्थ बनाउने उदेश्यले उपभोक्ता अधिकार दिवसको अवसरमा बुटवल उप-महानगरपालिकाले उपभोक्ता सचेतना कार्यक्रम गरेको छ।
बुधबार उक्त कार्यक्रम उद्घाटन गर्दै नगर प्रमुख खेलराज पाण्डेले स्वस्थ जीवनका लागि विषादी रहित सागसब्जी तथा खाद्य पदार्थको प्रयोग गर्न आग्रह गर्नुभयो। रोगको जोखिम नियन्त्रणमा शुद्ध खानपानको भूमिका महत्वपूर्ण रहेको बताउनु हुँदै उहाँले स्वस्थकर खाना खान पाउने अधिकारको पनि संरक्षण गर्न जरुरी रहेको बताउनु भयो ।
उपप्रमुख सावित्रा देवी अर्यालले उपभोक्ताको स्वास्थ्यमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो। नगरपालिकाले नियमित बजार अनुगमनलाई तीव्रता दिएको जनाउँदै उहाँले यस कार्यले व्यापारी र उपभोक्तामा स्वस्थ खानपानमा प्रबर्द्धन मिलेको बताउनु भयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख अनुप हलुवाइले बजार अनुगमन प्रभावकारी बनाईएको र खाद्यवस्तुको गुणस्तरमा कडाइ गरिएको बताउनु भयो ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले लुम्बिनी प्रदेशमा उपभोक्ता अदालत गठन गर्न माग गर्नु भयो ।
कार्यक्रममा कानुनी शाखा प्रमुख धुर्ब प्रसाद भट्टराई अनुगमन शाखा प्रमुख लक्ष्मी अर्यालले बजार अनुगमनले गुणस्तरीय बस्तुको उत्पादनमा सहयोग पुगेको बताउनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.