Nepali News Portal

भ्रष्टाचार बिरुद्धको मेरो संकल्प छ : सुदर्शन बराल

भ्रष्टाचार बिरुद्धको मेरो संकल्प छ : सुदर्शन बराल
गुल्मी । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा गुल्मी क्षेत्र न १ का उम्मेदवार सुदर्शन बरालले भ्रष्टाचारको अन्त्य नगर्दा सम्म मुलुकको बिकास हुन नसक्ने बताउनु भएको छ ।
उहाँले भ्रष्टाचार बिरोधि अभियानलाई चुनावलाई उपयोग गरेको बताउनु भयो। मुलुक नीतिगत भ्रष्टाचारको मुलुक दलदलमा फसेको बताउनु हुँदै उहाँले त्यसलाई न्यूनीकरणको लागी आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । “भ्रष्टाचार बिरुद्धको मेरो संकल्प छ ।” उहाँले सत्यवति गाउँपालिकाका वडाहरुमा गरिएको मतदाता भेटघाट कार्यक्रममा भन्नुभयो- “हाम्रो पार्टी त्यो हो आफ्नै नेतालाई कुनै आरोप लगाए कानुन कारबाही गर्न सहयोग गर्छ ।” कर्मचारी प्रशासन सहित सम्पुर्ण राज्य संरचना नितिगत भ्रष्टाचारमा ब्याप्त रहेको उहाँको भनाई छ । उहाँले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध ठुला नेता कारबाही सुरु गर्दा सरकार ढलेको बताउनु भयो ।
सरकार नै भ्रष्टाचारमा लिप्त भएका कारण युवामा बिद्रोहको चेतना आएकाले हेलिकप्टर चढेर भाग्ने अवस्था आएको उहाँले बताउनु भयो । “भारतका नटरलाल जस्तालाई पनि दङ्ग पार्ने गरि नीतिगत भ्रष्टाचार भयो।” उहाले भन्नु भयो -“गिरिबन्धु टिस्टेस काण्ड जस्ता काण्ड बाहिरीयो यो त्यसै संभव भएको हो त?”
उहाँले निर्वाचनमा जित हासिल गरेर नीतिगत सुधार गर्ने र पछाडि पारिएको समुदाय, कृषकको पक्षमा काम गर्ने बताउनु भयो । कृषिप्रधान देशमा बार्शिक ३ खर्ब खाधान्न आयात हुने गरेको बताउनु हुँदै नेपाली उत्पादनलाई बिस्थापित गरि आयातलाई प्रोत्साहन गर्ने नीतीका कारण नेपाली कृषक, र नेपाली उधोग मर्कामा परेको उहाँको भनाई छ । कृषक र कृषिमैत्री नीतिको अभावमा कृषकले उत्पादन बढाउन नसकेको उहाँको भनाई छ । उत्पादन र रोजगारीलाई जोडेर नीति निर्माणको लागि नेपाली कम्युनिष्ट पार्टीले पहिलो प्राथमिक दिने उहाँको भनाई छ ।
चुनाव जितको नजिक पुगेका मत खेर जान नदिने बिश्वास दिलाउनु भयो । उहाँले सत्यवती गाउँपालिकामा आफू मन्त्री हुँदा गरेको बिकास निर्माण जनतासामु छर्लङ्ग भएको बताउनु हुँदै बाकी काम सम्पन्न गर्नको लागी आफुलाई निर्वाचित गराउन आग्रह गर्नु भयो । ३ दिन अघि देखि उमेदवार बराल सत्यवति गाउँपालिका विभिन्न वडामा मतदाता भेटघाटमा हुनुहुन्छ । सत्यवति – ४ साहघाट, स्याहङ, ढाडगैरा, लिम्घा, काफलडाडा, वडा न.- ३ ठुलो लुम्पेक, कालीगण्डकी गाउँपालिका-१ गिदुवा, सत्यवति-२ थुम्का, सत्यवति-१ अस्लेवा, द्वागा , चौर , रुद्रबेणी, सत्यवति -६ खैरेनी, सत्यवति – ५ हसरा, वडा -६ जोहाङ , वडा -७ जुनिया र वडा-८ भार्सेमा मतदाता भेटघाट गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.