उम्मेदवारसंग नदि तटबन्ध र लालपुर्जा स्थानीयको माग
जनताको माग पूरा गर्ने युवा उम्मेदवार बिश्वदिपको प्रतिबद्धता
नदि तटबन्ध र लालपुर्जा स्थानीयको माग
जनताको माग पूरा गर्ने युवा उम्मेदवार बिश्वदिपको प्रतिबद्धता
बुटवल ।बुटवल उपमहानगर पालिका वडा न ११ सवै भन्दा बढी अव्यवस्थित बसोबासी रहेको वडा हो । यहाँ झण्डै १६ हजार घर धुरी अव्यवस्थित बसोबासी छ्न ।
३ दशक देखि बसोबास गरेता पनि यहाँका जनताले लाल पुर्जापाउन सकेका छैनन । सरकार पिच्छे भुमि आयोग बनाईए पनि ब्लक लिने काम र निस्सा दिने बाहेको काम हुन सकेको छैन । तत्कालीन माओवादी केन्द्र सहभागी संयुक्त सरकारले गठन गरेको राष्ट्रिय भुमि आयोगले बसोबास लगत संकलन गरि वडा मार्फत निस्सा बितरण गरिएको स्थानीयले बताउनु भयो ।
राजनीति दलहरुले चुनावको बेलामा भोट बैंकको रुपमा आफुलाई प्रयोग गर्दै आएको स्थानीयको गुनासो छ । साधै लालपुर्जाको आश देखाउने र चुनाव पनि जित्ने तर लालपुर्जा दिन पहल नगर्ने दलदेखि यो निर्वाचनमा सचेत रहेको बुटवल -११ स्थानीयबासी बताउनु हुन्छ । बुटवल -११ सत्यवती टाेलका टंक प्रसाद गौतमले अव्यवस्थित बसोबास क्षेत्रमा तिनाउ नदिको जोखिम रहेकाले तटबन्ध गर्ने र लालपुर्जाको लागी पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउनु भयो । “यो त्यो दल भन्ने हुँदैन हाम्रो मर्का बुझ्नेलाई भोट दिन्छौ ।” उहाँले भन्नुभयो- ” धेरै बर्ष देखी लालपुर्जाको आशामा छौं ।”
मतदाता भेटघाटको क्रममा आज बुटवल -११ मजुवामा पुग्नु भएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुभाष पाण्डे ( बिश्वदिप) संग स्थानीयले सोहीमाग राख्नु भएको छ । स्थानीयले तिनाउ र दानव नदि तटबन्ध, तिनाउ करिडाेर निर्माण र त्यसको प्रभावितहरुको ब्य्वस्थापनको माग स्थानीयले युवा उम्मेदवार पाण्डे समक्ष राख्नु भएको थियो । स्थानीयको मागको सम्बन्धमा उम्मेदवार पाण्डेले ७ बुँदे मागलाई गम्भीरतापूर्वक लिएको यसको दीर्घकालीन समाधानका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
“तिनाउ खोला छेउका बस्तीवासीहरू ठूलो पीडामा जीवन बिताइरहनु भएको छ। ” उहाँले भन्नु भयो – सुरक्षित बस्ती, तटबन्ध व्यवस्थापन, क्षति न्यूनीकरण र सम्मानजनक जीवनका लागि आवश्यक पहल गर्छु, यो केवल आश्वासन होइन, जिम्मेवारीबोधसहितको प्रतिबद्धता हो।”
बुटवल- ११ मा १९ हजार ६ सय ८२ मतदाता रहेका छ्न ।