Nepali News Portal

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशको बैतडीमा बिहीवार राति जन्ती बस दुर्घटना हुँदा मृत्यु हुने मानिसको सङ्ख्या १३ पुगेको छ।
पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राती ८बजे पुर्चौडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो ।
आठ जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप पाँच जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले जानकारी दिनु भएको छ ।
करिब तीन दर्जन मानिस घाइते छन्। उहाँहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट झन्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.