बन्द्रखुट्टा- घोर्लिखर्केलीको रमाइलो भेटघाट
बुटवल । गुल्मी जिल्ला गुल्मी दरबार गाउँपालिका साविक बिरवास गा.विस बन्द्रखुट्टा घोर्लिखर्क रुपन्देही सम्पर्क समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बिरवास घोर्लिखर्कबाट रुपन्देहीमा बसाईसराइ गरि तथा व्यापार ब्यवसाय, रोजगार अध्ययनका लागि रुपन्देही आउनु भएका १ सय बढीको सनिबार मणिमुकुन्द सेन उद्यान (फुलवारि) मा जमघट रहेको थियो।
समाजका अगुवा दिनानाथ चुदाली, बाबुराम चुदाली, तेजप्रसाद चुदालीले भेटघाट भेलाले सामाजिक सास्कृतिक कार्य गर्नका लागी सहज हुने, मैत्री सदभाव बढ्ने बताउनुभयो। कार्यक्रम सयोजक सन्तोष शर्माले सहभागी हुनुभएकाहरुलाई धन्यवाद दिनुहुँदै आउदा दिनमा रचनात्मक सामाजिक कार्यक्रम गरिने बताउनु भयो।