Nepali News Portal

कानुन जनताको सेवालाई सहजीकरण गर्ने हुनुपर्छ : सभामुख

उद्यान महासंघको अध्यक्षमा पुन: खेमप्रसाद लुइटेल (रुपन्देही ), महासचिवमा शर्मा

बुटवल । लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले कानुन जनताको सेवालाई सहजीकरण गर्न लक्षित आवस्यक रहेको बताउनु भएको छ ।
उहाँले कतिपय कानुनी जटिलताले गर्दा सेवामा सहजीकरण गर्नुको सट्टा जटिलता थपेको बताउनुहुँदै कानुनमा राखिने प्रतिबन्धात्मक वाक्यांसले कानुन त्यसैमा अल्झिने गरेको बताउनु भयो ।
नेपाल उद्यान महासंघको रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशन उदघाटन गर्नु हुँदै पर्यटनसंग जोडिएको उधानको बिकासको लागि आवस्यक कानुन निर्माणमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
उद्यानलाई राज्यले प्राथमिकता नदिएको र उद्यानको विषय संसदमा प्रवेश नगरेको बताउंदै कानुनी जटिलता अन्त्य गरी संघीय वन ऐन नयां ढंगले ल्याउन जरुरी रहेको बताउनु भयो । सभामुख घर्तीले कर्मचारी हावी हुंदा जनप्रतिनिधिहरुले चाहेअनुसार काम र कानुन निर्माणमा समस्या भएको बताउनु भयो ।
वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका ऐन कानुनहरु संशोधन गरेर प्रदेश र स्थानीय तहहरुलाई काम गर्ने अधिकार दिनुपर्ने बताउनु भयो ।
उहाँले देशको आर्थिक सम्वृद्दिसंग जोडिएको पर्यटनलाई अगाडी बढाउन उद्यानहरको विकास र विस्तार गर्नुपर्ने बताउंदै त्यसका लागि नयां उद्यान ऐन बनाउनु पर्ने बताउनु भयो ।
संविधानसभा सदस्य नेत्र पन्थीले वन ऐन बाधक बन्दा उद्यानहरुको विकास र विस्तार हुन नसकेको र त्यसले समग्रमा पर्यकीय क्षेत्रको विकास हुन नसको बताउनु भयो ।
महासंघका अध्यक्ष खेमप्रसाद लुइटेलको अध्यक्षता र महासचिव बेलप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको नेपाल उद्यान महासंघको प्रथम साधारणसभा तथा अधिवेशनमा देशभरिकै ११६ संस्थाका दुई सय बढी प्रतिनिधिहरु सहभागिता रहेको थियो ।
यसै बीच दुई दिनसम्म चलेको महासंघको प्रथम साधारण सभा तथा अधिवेशनले पुन: खेमप्रसाद लुइटेल (रुपन्देही )को अध्यक्ष रहेको २३ सदस्यीय नयां कार्यसमिति  चयन गरेको छ । जसको उपाध्यक्षमा रघुनाथ खुलाल(मकवानपुर) र दल बहादुर गुरुङ ( पाल्पा) महासचिवमा बेल प्रसाद शर्मा ( रुपन्देही ) सचिबमा लक्ष्मी प्रसाद खनाल ( सुनसरी), कोषााध्यक्षमा शान्ति खनाल (कपिलवस्तु ) निर्बिरोध निर्बाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिनु भयो ।
त्यसै गरि सदस्य प्रदेश तर्फ हरिलाल सापकोटा( सुदुर पश्चिम, कैलाली ), नारायण बहादुर केसी (बागमति, चितवन ), चेत बहादुर खडका(मधेस, सर्लाही ), बिष्णुराज आचार्य (लुम्बिनी, दाङ ),पवन रिजाल ( लुम्बिनी, दाङ), टंक प्रसाद पराजुली ( लुम्बिनी रुपन्देही) निर्बिरोध निर्वाचित हुनु भएको छ । खुला सदस्य तर्फ खिमलाल पाण्डे ( रुपन्देही ), दिल्लीराज भण्डारी (दाङ),श्याम चौधरी ( रुपन्देही), सागर देवकोटा (पाल्पा), हेम बहादुर बस्नेत ( कंचनपुर), गोपाल बहादुर श्रेष्ठ (मकवानपुर), इन्द्र प्रसाद नेपाल ( मकवानपुर), हिमाल कुमार श्रेष्ठ ( गुल्मी ), महिला सदस्य तर्फ टीका वली( रुपन्देही) र हरिकला कुमाल (पाल्पा) चयन हुनु भएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.