बुटवल बहुमुखी क्याम्पसमा शोधपत्र लेखन अभिमुखीकरण
बुटवल । बुटवल बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह, नेपाली शिक्षा, एम. एड. चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका निम्ति शोधपत्र लेखन अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
विभागीय प्रमुख डा.नारायणप्रसाद पन्थको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.रामनाथ ओझा तथा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र नेपाली केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा.कुश्मिला आचार्यले शोधार्थीलाई शोध तथा अनुसन्धान सम्बन्धि प्रशिक्षणाात्मक मन्तव्य व्यक्त गर्नु भयो ।
उहाँहरुले अभिमुखिकरण शोधार्थीलाई सही गन्तव्यमा पुर्याउन अनुकरणीय कार्य गरेको भन्दै धन्यवाद समित दिनु भयो ।
क्याम्पस प्रमुख डा.अरुणकुमार क्षत्रीले नेपाली शिक्षा विभागले यस खालका अभिमुखीकरण कार्यक्रमको आयोजना गरी शोधार्थीलाई शोधकार्यका निम्ति उत्प्रेरित गर्ने यस्ता अनुकरणीय कार्यले शोधकार्यलाई व्यवस्थित गर्न निकै सहयोग मिलेको बताउनु भयो । अनुसन्धान व्यवस्थापन केन्द्रका संयोजक डा.शालिकराम पौड्यालको स्वागत, अनुसन्धान समितिका सदस्य उपप्राध्यापक राजु भुसालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्नातकोत्तर कार्यक्रम संयोजक डा. तिलक भुसाल, विभागीय सदस्यहरू उपप्राध्यापक ईश्वरी पोख्रेल, प्रकाश सुवेदी, टेकराज रेग्मीलगायत विभागीय सदस्यहरुले सहजीकरण गर्नु भएको थियो ।
You might also like