लायन्स क्लब बुटवल शुभश्रीद्वारा फर्निचर हस्तान्तरण
बुटवल । लायन्स क्लब अफ बुटवल शुभश्रीले बुटवल दिपनगर स्थित शुभश्री अटिजम केयर सेन्टरमा तिन थान डेस्क बेन्च लगायतका फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
क्लबले एक कार्यक्रम बिच सोमबार ती सामग्रीहरु हस्तान्तरण गतेको हो । कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेसनल 325पि का द्वितीय भाइस डिस्टृक गभर्नर पि.एम .जी एफ ला मिना पन्थीले युवा उमेरमा क्लबमा आबद्ध भएर आफुले गर्ने फजुल खर्च कटाएर समाजसेवामा खर्चिनु सकारात्मक पक्ष रहेको बताउनु भयो ।
क्लबका अध्यक्ष बिन्दु अर्यालको अध्यक्षता, सिता पान्डेको संचालनमा भएको कार्यक्रममा एरिया कोअर्डिनेटर एम. जे . एफ . कृष्ण प्रसाद पान्डे, फस्ट भाइस गभर्नर एम . जे. एफ. सन्दीप कसौधन, माया ज्ञवाली, अस्मिता पन्थी लगयतले बोल्नुभएको । क्लबका सचिव अस्मिता पन्थी को जन्म दिनको अवसर पारेर कार्यक्रम गरिएको अध्यक्ष बिन्दु अर्याल ले जानकारी दिनुभयो। बुटवल उपमहानगर ८ दिपनगर मा रहेको शुभश्री अटिजम केयर सेन्टरमा अटिजम भएका २५ जना विद्यार्थीहरु रहेका छन।