Nepali News Portal

उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा पन्थी

उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा पन्थी
बुटवल। उद्योग ब्यापार संघ बुटवल रुपन्देहीको सनिवार सम्पन्न सातौं बार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले लोकनाथ पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा पदम जि.सी ,उद्योग उपाध्यक्षमा केशव श्रीश ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा बिजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल ,सह-कोषाध्यक्षमा बिनोद आचार्य निर्वाचित हुनु भएको निर्वाचन प्रमुख दामोदर घिमिरेले जानकारी दिनु भयो ।

निर्वाचित पदाधिकारी सदस्यहरुलाई निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे , संस्थापक अध्यक्ष खिमनारायण पराजुली, पूर्व अध्यक्षद्वय गोविन्द प्रसाद गैरे र प्रविण बहादुर पाठक लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.