मंसिर २७ गते शनिबार शुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरेर भोलि पुस २ गते समापन गर्ने तयारीमा एमाले छ ।
एमाले महाधिवेशन चलिरहेको स्थानमा भोलि अर्कै कार्यक्रम रहेकाले मतदान आजै सम्पन्न गर्ने तयारी भएको छ। प्राविधिक त्रुटि सच्याएर उमेदवारको अन्तिम नामावली पुन: प्रकाशन गरिएको एमाले निर्वाचन आयोगले जनाएको छ ।नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने छ । उहांहरुले दुबैले प्यानल बनाउनु भएको छ । प्यानलअनुसार दुबै समूहले आफू निकटस्थलाई चिट वितरण गरेका छन् ।
