सुनिता चुदाली
बुटवल ।
पेशाले प्रेमिका छन्तेल थापा बिमा अभिकर्ता हुनुहुन्छ । महालक्ष्मी इन्सुरेन्सबाट शुरु भएको उहांको इन्स्योरेन्स यात्रा अहिले आइएमई लाइफ इन्सुरेन्स सम्म आइपुगेको छ । अहिले उहांले आइ एम ई लाइफ इन्सुरेन्स बुटवल शाखाबाट बिमा गराउदै गराउदै आउनु भएको छ । प्रेमिका इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेको छोटो समयमै धेरै राम्रो व्यापार गर्न सफल अभिकर्ता हुनुहुन्छ । उहांको अथक संघर्ष र मेहनेतले अहिले बिमा बजारमा आफ्नो नाम चिरपरिचित बनाउनु भएको हो ।
गुल्मीको मुसिकोट नगरपालिका –४ दजाकोटमा २०४० सालमा जन्मनुभएकी छन्तेलको शैक्षिक यात्रा भने एस एल सी पास गरेपछि स्वास्थ्य क्षेत्रमा प्रवेश गर्यो । त्यसपछी १८ महिने सि.एम. ए. पास गर्नुभयो । अहिले बिबाहपछि गुल्मीको गुल्मीदरवार गाउंपालिकामा औषधी व्यवसाय संचालन गर्नु भएकी छन्तेललाई शुरुमा यो पेशामा जोडिदै गर्दा यती सफल हुन्छु भन्ने लागेको थिएन । उहांको लागी घरको काम साथै औषधी पसल समेत सम्हालेर यो क्षेत्रमा निस्कीदाको यात्रा भने सोचेजस्तो सहज थिएन तथापी बिमा आर्थिक रुपमा बलियो पाटो र सम्मानजनक पेशा भएको यो क्षेत्रमा उनि जोडिएको बताउंनुहुन्छ ।
उहांको अहिलेको दिनचर्या स्थानियवासीहरुलाई बिमाको महत्व बुझाउदै आइ एम ई लाइफ इन्स्योरेन्स प्रतिनिधित्व गर्दै बिमा शिक्षा बाड्दै बिमा गराउदै बित्ने गर्छन । यसका साथ साथै आफ्नो व्यवसायलाई पनी निरन्तरता दिइरहनु भएको छ । विमा अभिकर्तामा पुरै समय लगाउन नपर्ने हुदा पनी आफूले फुर्सदको समयमा सहजै काम गर्न सकिने बताउनु भयो ।
“शुरु शुरुका दिनमा त सक्छु जस्तो लागेको थिएन तर पछि बुझ्दै गएपछि सहज लाग्न थाल्यो अनी दिनको २ घण्टा समय दिएर काम गर्न थाले ।” उहां भन्नुहुन्छ । मनदेखी गर्छु भनेर लागी पर्यो भने सफल हुन सकिने उहांको अनुभव छ ।
“शुरु शुरुका दिनमा त सक्छु जस्तो लागेको थिएन तर पछि बुझ्दै गएपछि सहज लाग्न थाल्यो अनी दिनको २ घण्टा समय दिएर काम गर्न थाले ।” उहां भन्नुहुन्छ ।
मनदेखी गर्छु भनेर लागी पर्यो भने सफल हुन सकिने उहांको अनुभव छ । प्रेमिका सानैदेखी मिहनेती हरेक काममा लगनशिल भएर लाग्ने गर्नुहुन्थ्यो । त्यही लगनशिलताले अहिले यो क्षेत्रमा पनी सफलता हात परेको छ । यो काममा कुनै सिमा समय नहुने स्वतन्त्र भएकाले पनी अरु पेशा भन्दा यो पेशा उत्कृष्ट भएको उहां बताउनुहुन्छ ।
बिमा क्षेत्रमा आउनुअघि उहां घरको काम सकाएर मेडिकल पसल कुरेर दिन बिताउनुहुन्थ्यो । आफ्नो भाइको प्रेरणाले बिमामा जोडिएकी छन्तेल २०७८ सालमा नै लाइसेन्स लिएर काम गर्न थाल्नुभयो । भाई बिमल छन्तेलको प्रेरणा र हौसलाले अनि उहांको श्रीमान कमल थापाको साथ र हौसलाले गर्दा नै सन २०२६ को एमडिआरटीको लक्ष्य पुरा गर्न सफल हुनुभयो । श्रीमानको पनी समाज सेवामा रुचि भएकोले आफूलाई धेरै सहयोग पुगेको उहां बताउंनुहुन्छ । उहाका दूई छोरा छोरी हुनुहुन्छ भने श्रीमान कमल थापा बिद्यालयमा लेखापाल हुनुुहन्छ । “यो पेशा भनेको सामजिक पेशा रहेछ पहिले कम मान्छे चिन्थे तर अहिले म धेरै तह तप्काका मानिसहरुसंग परिचित हुन पाएको छु ।” उहां भन्नुहुन्छ– “यो क्षेत्रमा आएपछि म आफूमा धेरै परिवर्तन पाएको छु पहिले बोल्न समेत डर लाग्थ्यो अहिले त तालिम नै चलाउन सक्ने भएकी छु ।यो पेशामा बिश्वासको एकदमै आवश्यक हुदो रहेछ ।” कम्पनीप्रतिको विश्वास बजारमा बिकाएर बिमा ग्राहकको क्षमता अनुसार दक्षता र आम्दानी अनुसार बिमा गराउन सक्नु नै दिर्घकालीन व्यबसाय भएको उहांको भनाई छ । सफल हुनका लागी हौसला प्रेरणा अबसर अनी लगनशिलता, मेहनेत चाहिने उहांको भनाई छ । घरपरिवारको साथ हौसला, प्रेरणाको कारण आफू सफल भएको उहां बताउनुहुन्छ । धेरैजनाले बिश्वासको आधारमा पनी बिमा गर्ने गरेको बताउदै आफू यसमा यसमा अत्यन्तै सन्तुष्ट र खुशी भएको बताउनुुहन्छ । “यो पेशाले मलाई आर्थिक रुपमा धेरै बलियो बनाएको छ । त्यो भन्दा पनी बढी मान सम्मान र इज्जत दिएको छ म यसैमा गौरवान्वित छु ।” उहांले भन्नुभयो ।
आइएमई लाइफ इन्स्योरेन्समा प्रवेश गरेर जीवनमा धेरै सफलता पाएको प्रेमिका बताउनुहुन्छ । कम्पनीले दिने हरेक लक्ष्य पुरा गर्दै आएको र अबका लक्ष्य पुरा गर्न प्रतिबद्ध रहेको उहांले बताउनु भयो ।
