बुटवल । रुपन्देहीको तिलोत्तमामा अवस्थित टाकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सहकारीको १४ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले कुँबरको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सहकारीको उपाध्यक्षमा खेमराज खनाल, सचिवमा पशुपति चौधरी, कोषाध्यक्षमा वीरेन्द्र राना, तथा सदस्यहरुमा जानुका न्यौपाने, सृजना पन्थी ज्ञावली, घनश्याम न्यौपाने र पुजन भण्डारी चयन हुनु भएको छ ।
समितिको प्रमुख सल्लाहकार तथा पदेन सदस्यमा निवर्तमान अध्यक्ष रमेश ज्ञवाली चयन हुनुभयो ।
लेखा समिति संयोजकमा कृष्णबहादुर कार्की तथा सदस्यमा शंकर गौतम र कृष्ण भण्डारी चयन हुनुभएको छ । साथै शिक्षा उपसमितिको संयोजकमा डोलराज बेल्वासे, सदस्यमा दिपक भट्टराई र मिनप्रसाद भण्डारी चयन हुनुभएको छ । सहकारीको शेयर विस्तार उपसमितिको संयोजकमा गोमा बन्जाडे चयन हुनु भएको छ ।
शनिवार तिलोत्तमा सम्पन्न सहकारीको साधारणसभा तथा अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष गिरिराज बन्जाडेले केही आयातित सहकारीका कारण नागरिकमा सहकारीप्रति नकारात्मक धारण सृजना भएको बताउनु भयो ।
यस्तै गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले पनि सबै सहरकारीलाई एउटै रुपमा हेर्न नहुने बताउनु भयो । कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश ज्ञवालीले टाकुरा बचत सहकारीले बचतकर्ताको रकम सहि रुपमा प्रयोग गर्ने गरेकाले समस्या नरहेको बताउनु भयो ।
नवनिर्वाचित अध्यक्ष राजेन्द्र कुँबरले शेयर सदस्यहरुले दिएको जिम्मेवारीलाई आफुले कुशलतापूर्वक पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सहकारीको हाल ४ करोड ७४ लाख ८८ हजार ६५१ रुपियाँ कुल बचत, ५२ लाख ६० हजार कुल शेयर रकम, ४ करोड २ लाख २४ हजार ४९५ रुपियाँ कुल लगानी र १ करोड ४६ लाख २५ हजार २६ रुपियाँ बैकमा मौज्दात रहेको छ ।
You might also like