Nepali News Portal

नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प छैन : गुरुङ

नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प छैन : गुरुङ
बुटवल । नेपाली कम्युनिष्ट पार्टीका नेता देव प्रसाद गुरुङ – कम्युनिष्ट आन्दोलनलाई विघटन र बिसर्जनबादी बिचलित चिन्तन त्यागेर बिप्लव , जनार्दन र घनश्याम भुसाललाई आत्मआलोचित भई कम्युनिष्ट आन्दोलनमा जोडीन आव्हान गर्नु भएको छ ।
जनार्दन बिप्लवको चिन्तनमा बिचलन आएकाले कम्युनिष्ट एकतामा नआएको बताउनु भयो । पुर्ब माओवादी घटकहरु संग पनि छलफल भएको बताउनु । बाम मोर्चा बनाएर जाने बताउनु भयो ।संकीर्णबादी धार मसाल आदि लाई पनि जोडर लैजाने बताउनु भयो ।
संविधान कोमामा रहेकाले निर्वाचन मार्फत त्यसलाई सकृय बनाउन आवश्यक रहेको बताउनुहुँदै उहाँले नेपाललाई बचाउनको लागी निर्वाचनको विकल्प रहेको बताउनु भयो ।
नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीको एकता घोषणा सभालाई आज रुपन्देहीमा सम्बोधन गर्नु हुँदै नेता गुरुङले जेन्जी आन्दोलनको आडमा देशीविदेशी चलखेल गरेकोमा रास्ट्रपति मार्फत जनताको तागतले राष्ट्र बचेको बताउनु भयो । मुलुकलाई बचाउन कम्युनिष्ट घटक र गैर कम्युनिष्ट सबै मिलेर प्रतिनिधि सभाको निर्वाचन सफल बनाउनु पर्ने बताउनु भयो । ” गैर कम्युनिष्ट पार्टीसंग सहकार्य र कम्युनिष्ट पार्टी बिच एकता जरुरी छ ।” उहाँले भन्नु भयो- निर्वाचन भएन भने देशमा संकटकाल घोषणा हुनेछ । नेपाल सेकेन्ड उक्रेन बन्नबाट बचाउनु पर्छ ।”
मुलुकको निमित्त अभिभावकको जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीमा आएको बताउनु हुँदै उहाँले साम्राज्यवादीले मुलुकलाई द्वन्दमा लैजान चाहेकाले हामीले शान्तिको एजेन्डा लिएको बताउनु भयो ।
प्रचण्ड र माधवको नेतृत्व र समाजबादी क्रान्तिको विकल्प नभएको बताउदै उहाँले आत्मनिर्भर अर्थतन्तको जग बसाउदै समाजबादी क्रान्तिको लागी तत्कालीन कार्यक्रम भएको बताउनु भयो ।
त्यसै गरि नेता चक्रपाणि खनाल (बलदेव)- कम्युनिष्ट पार्टीमा दुई धुर्बमा बाडिएको बताउदै उहाँले बिप्लव, जनार्दन सबै ओली धुर्बमा जाने बताउनु भयो । उहाँले कम्युनिष्ट एकता अपरिहार्य रहेको बताउनु भयो ।
नेता सोम प्रसाद पाण्डेले नेपाली कम्युनिष्ट पार्टी एक स्वरुप तयार भएको यसले जनताको खास नेतृत्व र सेवा गर्ने बताउनु भयो । मुलुकको हित नचाहनेले एकताको गलत प्रचार गरेको बताउनु भयो । उहाँले भन्नु भयो -। सामाजिक न्याय सहितको संमृधिको लागी एकता हो । मुलुकको हित नचाहनेले भ्रम फैलाएका छ्न । कम्युनिष्ट बिरोधिहरु भयभित भएका छ्न ।”
नेपाली विशेषताको समाजवाद पार्टीको अन्तिम लक्ष्य र गन्तव्य भएको बताउदै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई निष्कर्ष बिन्दुमा पुर्याउन सकिने बताउनु भयो ।
नेता हकिकुल्लाह खानले जनबादी क्रान्ति सफल नसकेका कारण कै दलाल पुजीवादीले सरकार चलाएको बताउनु भयो । ब्यक्तिबादी चरीत्र त्याग्नु पर्छ । घोषित मितिमा निर्वाचन हुन बाताबरण सिर्जना गर्न जेन्नी अगुवालाई सचेत हुन आग्रह गर्नु भयो ।
नेता सुदर्शन बरालले राष्ट्रिय स्वाभिमानलाई उचो राक्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सार्थक तुल्याउन एकता आवस्यक भएको बताउनु भयो । एकता घोषणा कार्यक्रममा जिल्ला पालिका स्तरका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.