बुटवल । नेवार गूठी परिवार बुटवल -७ को विशेष अधिबेशन तथा साधारणसभाले ज्योतिन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा मन्जु ला श्रेष्ठ, सचिबमा राजन कुमार श्रेष्ठ ( नवराज), कोषााध्य्यक्षमा लेखमान श्रेष्ठ (श्रवण) निर्वाचित हुनु भएको छ । बिहिवार सम्पन्न अधिबेशनबाट सदस्यहरुमा कृतिमान जोशी, ललिता श्रेष्ठ,गोपाल श्रेष्ठ ,नितु श्रेष्ठ, जुन बहादुर श्रेष्ठ, सुशीला श्रेष्ठ चयन हुनु भएको छ ।
अधिबेशन तथा साधारणसभाले सल्लाहहरु समिति चयन गरेको छ । गूठीका अगुवाहरु सुरेश कक्षपति, दिल बहादुर श्रेष्ठ, काजीमान श्रेष्ठ, बिपिन श्रेष्ठलाई सल्लाहकारका चयन गरिएको हो ।