Nepali News Portal

तिलोत्तमामा ब्यापार मेला सुरु, स्वदेशी उत्पादनलाई प्राथमिक दिन सुझाव

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ सोमबारदेखि शुरु भएको छ ।
तिलोत्तमा उधोग ब्यापार संगठनले आयोजना गरेको उक्त मेलाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले स्वदेशी उत्पादनलाई प्राथमिक दिन आवश्यक रहेको बताउनु भयो । साना ठूला सबै उद्योगी ब्यवसायीले मेलालाई सदुपयोग गर्न सकिने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकारको मेला स्थल निर्माणको आवश्यकता औंल्याउनुभयो ।
तिलोत्तमा उद्योग व्यापार संगठका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले स्थायी प्रकारको मेला स्थल आवश्यक रहेकाले यसको लागि नगरपालिकाले पहल लिन अनुरोध गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस तिलोत्माका अध्यक्ष हरिलाल पाण्डे, एमाले अध्यक्ष मिनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग ब्यापार संघ बुटवलका उपाध्यक्ष पदम जीसी, संगठनका उपाध्यक्ष भूपति न्यौपाने महासचिव हेमलाल न्यौपाने, सचिव युवराज पराजुली लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमअघि सचेतना र्यालीमा सहभागी समूहमध्य उत्कृटलाई पुरस्कृत गरिएको छ । पहिलो हुने नेपाल मगर संंघ तिलोत्तमा, दास्रो लुम्बिनी एफएम टोल आमा समूह, तेस्रो नमूना टोल आमा समूह, चौंथो कुन्ज टोल समूह र सान्त्वना जापनिज कराँते डो को समूह नगदसहित पुरस्कृत भएको र्याली ब्यवस्थापन उपसमिति संयोजक पवित्रा पौडेलले जानकारी दिनुभयो ।महोत्सव पुस १ गतेसम्म चल्ने छ । मेलाकोनआकर्षणको रुपमा लण्डन ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ ।
त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिएको छ ।महोत्सवको लागि तीन सय स्टल राखिएको बताईएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, हस्तकला तथा महिला उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरु आयोजना गरिने आयोजकले बताएका छ्न ।

You might also like
Leave A Reply

Your email address will not be published.