Nepali News Portal

सर्बोदय सहकारीको साधारणसभा , अध्यक्षमा पुन: श्रेष्ठ

बुटवल । बुटवल स्थित सर्बोदय बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा तथा चौथो निर्वाचनले लेखमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जय प्रकाश भट्टराई , सचिबमा हुमकान्त काफ्ले , कोषााध्यक्षमा टंक बहादुर रावत, सदस्यहरुमा सरद वली, निर्मला महत, हिरा पाण्डे, राजेश थापा , खेमराज मरासिनी निर्बिरोध निर्वाचित हुनु भएको हो । निर्वाचनको लागी सल्लाहकार समेत रहनु भएका अधिबक्ता ज्ञानु केसीको संयोकत्वमा अधिबक्ता मनोज भुसाल र दिपक थापा सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिती बनाईएको थियो । त्यसै गरि लेखा समिती संयोजकमा छबिलाल बिश्वकर्मा, सदस्यमा लक्ष्मण प्रसाद गौतम र केशव सुवेदी निर्वाचित हुनु भएको छ । सुनिता नेउपानेको संयोजकमा लेख बहादुर श्रेष्ठ र गुण कुमारी डम्बरपाल सदस्य रहेको शिक्षा उप समिती , देबेन्द्र थापाको संयोजकत्वमा शशीधर पौडेल र केशरा पौडेल सदस्य रहेको ऋण उपसमिति गठन गरिएको छ । साधारणसभामा प्रमुख अतिथि संस्थाका सल्लाहकार एवं वरिष्ठ अधिबक्ता लेखक दिल साहनी, सल्लाहकार ज्ञानु केसी, जनप्रतिनिधि राधा पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.