काठमाडौँ । नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ। एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन्।
सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उनले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेका छन्।
सिग्देलले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक, र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न सबै नेपालीको साझा कर्तव्य रहेकोमा जोड दिएका छन् ।
राष्ट्रिय सम्पत्तिको थप क्षति हुनबाट जोगाऔ: सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बलले हाल चलिरहेको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन अपिल गरेको छ। एक अपिल जारी गर्दै सशस्त्र प्रहरी बलले देशमा शान्ति र सुव्यवस्था कायम गर्न तथा राष्ट्रिय सम्पत्तिको रक्षाका लागि सहयोग गर्न आग्रह गरेको छ।
सशस्त्र प्रहरी बलले आन्दोलनका क्रममा पूर्ण संयमताका साथ काम गरिरहेको जनाएको छ। उसले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सबै पक्षलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको छ।
आन्दोलनमा भएको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै सशस्त्र प्रहरी बलले मृतक आत्माहरूको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
नागरिकको जीवन, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाका लागि सधैँ समर्पित रहेको बताउँदै सशस्त्र प्रहरी बलले राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिन सबै पक्षलाई सचेत, सजग र संयमित हुन अनुरोध गरेको छ। यस संवेदनशील परिस्थितिमा भौतिक तथा राष्ट्रिय सम्पत्तिमा भएको क्षति नियन्त्रण, न्यूनीकरण र उद्धार कार्यमा ‘जेन-जी’ पुस्ता लगायत सबै पक्षसँग सहकार्य गर्न तयार रहेको पनि सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ।
प्रहरीद्वारा कानुनी शासन स्थापित गर्न सहयोग अपिल
नेपाल प्रहरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनर्स्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयले एक अपिल जारी गर्दै यो कठिन घडीमा सबै नेपाली र प्रहरीले राष्ट्रको सुरक्षा, हित र अपराध नियन्त्रणका लागि एकजुट हुन जरुरी रहेको बताएको छ।
आन्दोलनका क्रममा नागरिक र प्रहरी दुवैको दुःखद निधनले सबैलाई मर्माहत बनाएको उल्लेख गर्दै नेपाल प्रहरीले भएको जनधनको क्षतिलाई अपूरणीय र दुःखद भनेको छ। प्रहरीले शान्तिपूर्ण सहकार्यमार्फत घाइतेहरूको उद्धार, उपचार र क्षतिको पुनर्निर्माण गर्न तथा कुनै पनि आपराधिक समूहबाट हुन सक्ने थप क्षति रोक्न सबैको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिएको छ।
अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुनी शासन स्थापित गर्नका लागि प्रहरीलाई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरिएको
You might also like