पर्यटन प्रबर्द्धन र संस्कृतिमा सहकार्य गर्न चीन तयार
चीनसंग अनुभव लिने सवालमा हामी उत्साहित छौं : सभामुख
राप्ती उपत्यका देउखुरी । चिनिया प्रतिनिधि टाेलीले लुम्बिनी प्रदेशसंग पर्यटन प्रबर्द्धन र संस्कृति सम्बन्धमा सहकार्य गर्न तयार रहेको बताएको छ ।
चीनको शान्सी प्रदेशका जनसभाका उपसभामुख चाङ चिछुआनको प्रतिनिधि मण्डलसंग आज लुम्बिनी प्रदेश सभा सचिवालयमा भएको सिष्टाचार भेटबार्तामा यस्तो प्रस्ताव आएको हो ।
सिष्टाचार भेटमा लुम्बिनी प्रदेश सभाको तर्फबाट सभामुख तुलाराम घर्ती मगर , उप सभामुख मेनुका खाड केसी , नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी प्रसाद चौधरी, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ईन्द्रजित चौधरी, आन्तरिक मामिला तथा कानुन समितीका सभापति दिल कुमारी बुढा मगर ,भौतिक पूर्वाधार तथा विकास समितीका सभापति रामजी प्रसाद घिमिरे , सचिब दुर्लभ कुमार पुन भेटमा सहभागी हुनुहुन्थ्यो । त्यसै गरि चीन शान्सी प्रदेशबाट शान्सी प्रदेश जनसभाका उपसभामुख चाङ चिछुआन , सुपरिवेक्षण तथा न्यायिक समितीका सभापति कुआन चिआन्सुन, बाताबरण तथा श्रोत संरक्षण कार्यसमितिका महानिर्देशक चङ होङ, सामाजिक निर्माण समितीका उप सभापति माननीय ताङ छुनछुआन, प्रदेश जनसभा सचिवालयका उप निर्देशक लिउ योङ, पररास्ट्र मामिला कार्यालयका अनुबादक वुहोङसिङ, प्रतिनिधि मण्डल कार्यक्रम संयोजक लि सु सहभागी हुनुहुन्थ्यो । भेटमा दुई प्रदेश सभाका कानुन निर्माणको अवस्था ती प्रदेशका विशेषताहरुको विषयमा छलफल भयो ।
लुम्बिनी प्रदेशका माननीय सभामुख घर्ती मगरले अहिले सम्म चिनका दुई प्रदेशसंग छलफल र भेटघाटको अवसर जुटेेको र छुङकिङ नगर भ्रमण गर्दा आफुहरु निकै उत्साहीत भएको बताउनु भयो । “छिमेकी राष्ट्र चीनसंग अनुभव लिने सवालमा हामी उत्साहित छौं , दुई देश बीच सहकार्यबाट लुम्बिनी प्रदेशलाई कसरी संमृद्व बनाउन सकिन्छ भन्नेमा छौं ।” उहाँले भन्नुभयो ।
त्यसैगरि प्रदेशका जनसभाका उपसभामुख चाङले लुम्बिनी प्रदेशसग सहकार्य गर्न पाउँद खुसी लागेको बताउनु हुँदै संस्कृति र पर्यटनम सहकार्य गर्न चाहेको बताउनु भयो । उहाँले बुद्धको जन्मस्थल लुम्बिनी र लुम्बिनी प्रदेशको भ्रमण गर्न पाउदा आफुलाई पनि गर्व लागेको बताउनु भयो । उहाँले लुम्बिनी प्रदेशका माननीय सभामुख ज्युलाई आफ्नो प्रदेशको भ्रमणको निम्ता समेत दिनु भयो । नेपालका बिद्यार्थीहरुलाई शान्सीमा भएको औद्योगिक बिकास तथा संस्कृतिको अवलोकन गरि अनुभव लिन सक्ने र दुई देश बीच सम्बन्ध गहिरो बनाउन चाहेको उहाँले बताउनु भयो । चिनिया प्रतिनिधि मण्डललाई सभामुख तुलाराम घर्ती मगर , उप सभामुख मेनुका खाड केसी लगायत्ले उहाँहरुलाई भब्य स्वागत गर्नुभएको थियो ।