Nepali News Portal

कान्ति माबिमा चुनाव : छिट्टै नेतृत्व पाउने आशा

बुटवल । बुटवलको कान्ति माध्यामिक बिधालयको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । मतदान मार्फत सदस्यहरु निर्वाचित हुनु भएको हो ।  २०८१ वैशाख पहिलो साता नै व्यवस्थापन समितिको समय सकिए पनि राजनीतिक खिचातानीका कारण बिधालय ब्यवस्थापन समिती गठन भएको थिएन ।
मुख्य राजनीतिक दलहरुबीच भागबन्डामा कुरा नमिलेपछि बुटवलको कान्ति मावि विद्यालय व्यवस्थापन समितिको शनिबार निर्वाचन भएको हो । दुई महिला र दुई पुरुष सदस्य निर्वाचित भएपछी मनोनीत सहित सदस्यहरुबाट अध्यक्ष चुन्ने ब्यवस्था छ ।
पुरुषतर्फ अन्तिम मत परिणाम अनुसार रामकृष्ण शर्मा ५१४ मत ल्याएर बिजयी हुनुभएको छ । त्यसै गरि मित्र गिरीले ४८१ मत लिएर बिजयी हुनु भयो । पुरुष तर्फका उम्मेदवार हुमनाथ पौडेलले ३४५ र शिव पौडेल ३५४ मत प्राप्त गर्नु भयो। त्यसै गरि महिला तर्फ कमला पन्थीले ५८८ र संगिता पोख्रेलले ५०१ मतका साथ बिजय हुनु भयो ।
चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो। ३ हजार ९ सय ७७ जना मतदाता रहेकोमा १ हजार १ सय ४२ मत खसेको निर्वाचन अधिकृत झविन्द्र भुसालले जानकारी दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.