Nepali News Portal

आयोग गठनसंगै द्वन्द्व पीडितहरु संगठित

देउखुरी (दाङ) । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको ब्यक्तिको छानबिन आयोग गठन गरेसंगै द्वन्द्व पीडितहरु संगठित हुन थाल्नु भएको छ ।
भुइँतहका द्वन्द्व पीडितहरुको राष्ट्रिय संजालको लुम्बिनी प्रदेश स्तरीय समितीको पुनर्गठन गरिएको हो । श्रीकुमारी घर्ती मगर (रोल्पा )को संयोजक तथा बिशाल खड्का (अर्घाखाँची) सह संयोजकत्वमा संजालको पुनर्गठन गरिएको संजालले जनाएको छ ।
भुइँतहका द्वन्द्व पीडितहरुको आयोगमा सहज पहुँचका लागी पीडित केन्द्रित संक्रमणकालिन न्याय प्रक्रिया र आयोगको गतिविधि सम्बन्धी पीडित नेतृत्वहरुको प्रदेश स्तरीय बैठकले आज बिहिवार भालुवाङमा  २५ सदस्यीय कार्यसमिती चयन गरिएको सह संयोजक खडकाले जानकारी दिनु भयो । समितीको सचिबमा देब बहादुर डिसी (बाके), सदस्यहरुमा लिला थापा( गुल्मी) , राम कुमार हरिजन ( नवलपरासी), टीका वली( रुपन्देही), हेमन्त बेल्बासे (अर्घाखाँची) , प्रकाश चौधरी (दाङ ) जित बहादुर थापा (पाल्पा), प्रबेश पुन मगर ( रुकुम पुर्ब ), लक्ष्मी खड्का ( बर्दिया) शारदा आचार्य श्रेष्ठ (प्युठान) लगायत रहनु भएको छ । त्यसै गरि सदस्यहरुमा शान्ति खत्री (रोल्पा) , कृष्ण घिमिरे प्युठान , कविता बिक गुल्मी , धनेन्द्र कार्की (पाल्पा), सुदानी थारु (बर्दिया) , देव सरा खत्री (बर्दिया) , थमन बहादुर पुन (रुकुम पुर्ब) , अशोक कुमार पुन (कपिलवस्तु) , टीका सोमै मगर (कपिलवस्तु) , रेश्मा आचार्य ( दाङ ), उषा सुवेदी (दाङ) , सीता शाह (बाके) रहनु भएको छ । बैठकले सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको ब्यक्तिको छानबिन आयोगको स्वागत गर्दै त्यसले गर्ने कामको आधारमा समर्थन वा बिरोध गर्ने निर्णय गरेको छ । साथै बैठकले आयोगमा मुद्दा प्रक्रियामा सहभगी हुन सहजीकरण गर्ने, संक्रमणकालिन न्याय र आयोगको प्रक्रियाको बारेमा सचेतना जगाउने, पीडित केन्द्रित न्यायको अभियान संचालन गर्ने निर्णय गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.