बुटवल। प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा समावेशी पत्रकारिता तालिम बुटवलमा शुरु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको विकासमा पत्रकारहरुको सकारात्मक साथ र सहयोग रहेको बताउनुभयो। उहाँले नगरपालिकाले समावेशीताको सवालमा विभिन्न कामहरु गर्दै आइरहेको बताउँदै काम गर्ने क्रममा कुनै पक्ष छुटेको भए आगामी दिनमा सच्याएर अघि वढ्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले राज्यका निकायहरुको निगरानी र खबरदारी गर्ने पेशागत दायित्व भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,अग्रज पत्रकार मदनलाल पौडेल र सञ्चारिका समुह रुपन्देही अध्यक्ष मिना ढकालले बोल्नुभएको थियो ।उपाध्यक्ष माया के.सीको संचालन सचिव सोनु थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तालिम तिन दिनसम्म चल्नेछ ।