बुटवल।
अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।
नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो ।
विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताउनुभयो। ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताउनुभयो। । यस्तै युवाहरुलाई सन्देश समेत दिएको र नीतिनिर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो। ।
लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशिले पुस्तकले राजनीतिसँग अर्थशास्त्र जोडिन आवश्यक रहेको कुरामा जोड दिएको बताइन् । पुस्तकले नेपाल पछाडी पर्नुको कारणदेखि अर्थतन्त्रका सबै समस्याहरुको बारेमा उल्लेख गरेको बताउनुभयो। । यस्तै पुस्तक सरल र सहज भाषामा लेखिएकाले अर्थशास्त्र अध्ययन नगरेकाले पनि सजिलैसँग बुझन् सक्ने बताउनुभयो। ।
यस्तै बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा। सञ्जयकुमार कर्णले सुरुदेखि अन्त्यसम्म पाठकलाई आफु तर्फ तान्ने गरि पुस्तक लेखिएको बताउनुभयो।। पुस्तकमा सम्रग अर्थव्यवस्था र अर्थराजनीतिको बारेमा उल्लेख गरिएकाले अध्ययन गर्नु सबैका लागि फाइदा जनक हुने उनले बताउनुभयो। लेखक मनिकर कार्कीले आफुले आम नागरिकहरुको मनमा लेखेका कुराहरुलाई पुस्तकमा लेखेको बताउनुभयो। । साथै समाजलाई दिशाबोध गराउन पुस्तक लेख्न आवश्यक ठानेर आफुले पुस्तक लेखेको बताउनुभयो। निरन्तर रुपमा आफुले अब पुस्तक लेख्ने भएकाले पुस्तक अध्ययन गरेर आलोचनात्मक सुझाव दिनका लागि सम्पूर्ण पाठकहरुलाई अपिल गर्नुभयो । कार्यक्रम पाठक मञ्चका सरिता श्रीसको स्वागत , लेखक माधवकुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो ।