छुवाछूतलाई निर्मुल गर्न सामाजिक रुपान्तरण आवश्यक छ: बराल
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले छुवाछूतलाई ब्यावहारिक रुपमा अन्त्यको लागी सामाजिक रुपान्तरणको आवस्यकता रहेको बताउनु भएको छ ।
१९ औं छुवाछूत उन्मुलन दिवसको अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) रुपन्देहीले बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले दासयुगको अवशेषको रुपमा रहेको छुवाछूतको कानुनी रुपमा अन्त्य गर्न जनयुद्धले भुमिका खेलेको स्मरण गर्नु भयो । उहाँले माओवादी आन्दोलनमा दलित समुदायको एतिहासिक भुमिका रहेको पनि बताउनु भयो ।भौतिकबादी दर्शनको बिकासले छुवाछूतलाई निरुत्साहित गर्न सहयोग गरेको बताउनु हुँदै उहाँले यो मुद्दालाई सशक्त बनाउदा मात्र छुवाछूत पुर्ण रुपमा निर्मुल पार्न सकिने बताउनु भयो।
उहाँले दलित समुदायलाई सशक्तीकरण र रुपान्तरण गर्न जरुरी रहेको बताउदै माओवादीले लडाइँ गरेर ल्याएको ब्यवस्था सदुपयोग गर्नु पर्ने वताउनु भयो । “समाबेशिकरण र आरक्षणको ब्यवस्थाले केही सम्बोधन भएको बताउदै समुदायले आफैलाई रुपान्तरण गर्नु भएको बताउनु भयो । “राज्य विरुद्धको संघर्ष र आफैमा रुपान्तरण महत्त्वपूर्ण पक्ष हो।” उहाँले भन्नुभयो ।
उहाँले छुवाछूत बिरुद्ध एक्लै लडेर हुँदैन भनेर नै छुवाछूत मुद्दा सरकारबादी फौजदारी मुद्दामा ऎनले ब्यवस्था गरेको बताउनु भयो । धर्मनिरपेक्षता समाबेशिता आदि पीडित समुदायको हितमा माओवादीको नीतिले समेटेको र त्यसलाई राज्यले अंगिकार गरेको बताउनु भयो ।
पार्टीका जिल्ला संयोजक नारायण जिसी निर्मलको अध्यक्षता प्रदेश समिती सचिवालय सदस्य सुजित बिकले संचालन गरेको उक्त कार्यक्रममा रुपन्देही जिल्ला इन्चार्ज समेत रहनु भएका केन्द्रीय सदस्य सोनिया यादवले राज्यको हरेक निकायमा दलित सहभागीता वृद्धि गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सोच र बिचारमा परिवर्तन नगर्दा सम्म छुवाछूतका मुद्दा समाजमा आईरहने भएको हुँदा त्यसको निर्मुलको लागी मानिसको सोच र बिचारमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामु परियारले कानुनी रुपमा जातीय छुवाछूत उन्मुलन भए पनि ब्यबहारिक रुपमा कायमै रहेको बताउनु भयो । अतिजातीबादीहरुले सामाजिक रुपमा बिभेद कायमै राखेको उहाँको भनाई छ । उहाँले मुलुक छुवाछूत मुक्त घोषणा गरे पश्चात पनि २५ जना दलितले छुवाछूत कै कारण ज्यान गुमाउनु परेको बताउनु भयो ।
दलित मुक्ति मोर्चा रुपन्देहीका इन्चार्ज पदम बिश्वकर्माले कानुनले छुवाछूतलाई अपराध स्वीकार गरेको तर ब्यबहारिक पक्षको कार्यान्वयन नहुनु दु:खद रहेको बताउनु भयो ।
२०६३ जेठ २१ गते सरकारले मुलुकलाई ’जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ’जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउने गरिएको छ ।
You might also like