Nepali News Portal

अध्यक्ष प्रचण्ड भैरहवा आउदै : यस्तो छ समय तालिका

सुनिता चुदाली
बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख ३ गते भैरहवा आउनुहुने भएको छ।  तराई–मधेस जागरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड भैरहवा आउने कार्यक्रम तय भएको माओवादी केन्द्र रुपन्देहीका सयोजक निर्मल जि .सी. ले जानकारी दिनु भयो ।
अभियानमा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष पम्फा भसाल, नेता नन्दकिशोर पुन, कृष्णबहादुर महरा, देव गुरुङ, अग्नी सापकोटा, नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूको टोली पनि भैरहवा आउदै हुनुहुन्छ ।
वैशाख ४ गते प्रचण्ड साँझ ५ बजे नवलपरासीको पार्टिले रुपन्देहिको धकधई सम्म ल्याउने छ र धकधई चोकबाट अध्यक्ष प्रचण्ड सहितको अभियानको टोलीलाई स्वागत गरि भैरहवामा ल्याउने र साझँ भैरहवाम जनताकै घरमा बास बसाल्ने कार्यक्रम छ ।अभियानमा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष फम्फा भसाल, नन्दकिशोर पुन, कृष्णबहादुर महओरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, अग्नी सापकोटा, बर्षमान पुन लगायतका शीर्ष नेताहरूको टोली पनि भैरहवा आउनेछ। उहाहरु जनताकै घरमा राति बस्ने कार्यक्रम रहेको छ ।
वैशाख ४ गतेको कार्यक्रम:मर्निङ वाकदेखि जनसभासम्म
प्रचण्डको अगुवाइमा वैशाख ४ गते बिहान ५:३० बजे भैरहवाको मिलनचोकबाट मर्निङ वाक सुरु हुनेछ। गौतमबुद्ध विमानस्थलको अवलोकन गरी लुम्बिनी रोड हुँदै बुद्धचोक पुगेर स्थानीय जनतासँग चियापान कार्यक्रम सम्पन्न गर्ने तालिका छ।
त्यसपछि बिहान ९ बजेबाट होटल पौवामा युवाहरु, विद्यार्थीहरूसँग अन्तरक्रिया हुनेछ। १० देखि ११ बजेसम्म व्यापारी, बुद्धिजीवी र उद्योगीहरूसँग छुट्टै छलफल कार्यक्रम राखिएको छ। छलफलपछि अध्यक्ष प्रचण्डले सहिद परिवारसँग सामूहिक खाना खानु हुनेछ । त्यसै दिन दिउँसो १ बजे रुपन्देहीको मर्चवार गाउँपालिका अन्तर्गत मझगाउँमा आयोजना हुने जनसभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम सकिएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अवलोकन गर्ने र साझ ५ बजेपछि कपिलवस्तुतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
आज आइतबार भैरहवामा  बसेको नेकपा (माओवादी केन्द्र) को तयारी बैठकले अभियानलाई सफल बनाउने उद्देश्यले रुपन्देहीका सबै पालिकासँग समन्वय गरी कार्ययोजना बनाउने निर्णय गरेको छ। बैठकमा केन्द्रिय सदस्य, लुम्बिनी प्रदेश समितिका नेता तथा जिल्ला कार्यसमितिका प्रतिनिधिहरू सहभागी थिए।बैठक  पार्टीका रुपन्देही  सयोजक नारायण  जि.सी (निर्मल)को अध्यक्षता स्थायी समिति सदस्य हकि कुल्लाह खा को प्रमुख आथित्यता  सचीव सन्तकुमार यादवको सचालनमा सम्पन्न  भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.