बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
उहाले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर-३ बाट बालकृष्ण खाँणलाई पराजित गर्नुभएको थियो । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।
निर्वाचन प्रचारकै बेला अस्वस्थ रहेको बोहोराले प्रचारका क्रममा एक पटक पनि नबोलेरै चुनाव जित्नु भएको थियो । उहाँलाई निर्वाचनमा नेकपा एमालेले सघाएको थियो ।
बोहोरा ०३८ सालमा पञ्चायती व्यवस्थामा पहिलोचोटि बालिग मताधिकारका आधारमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा रुपन्देहीबाट सदस्य निर्वाचित हुनु । उहाँ ०४३ मा पनि रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनु भएको थियो ।
उहाँ ०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनमा रुपन्देही-२ बाट निर्वाचित हुनु भएको थियो । ०३८ सालमा पहिलोपल्ट सहायक मन्त्री बन्नु भएका उहाँ २०४०, ०४३, ०४४, ०६७, ०७२, ०७३ र ०७४ मा मन्त्री बन्नु भयो ।
प्रतिनिधिसभामा शोक प्रस्ताव पारित
काठमाडौँ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।
२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित बोहराको आज निधन भएको हो ।
यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेकोबारे पनि बैठकमा जानकारी गराइयो ।
You might also like