Nepali News Portal

शपथ ग्रहण कार्यक्रम सम्पन्न

बुटवल ।नेपाल कम्युनिष्ट पार्टाी(माओबादी केन्द) बुटवल उपमहानगर कमिटीको तेस्रो अधिवेशनले महेन्द्र भुसालको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । नवगठित कमिटीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टीमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयनको लोकतान्त्रिक पद्धती स्थापित भएको भन्दैै प्रतिस्पर्धात्मक प्रणालीकोे बिकाश भएको , नेतृत्व चयन प्रक्रियामा देखिएको स्वच्छ प्रतिस्पर्धाले पार्टीलाई अझ सशक्त बनाउने, मेहनेत र प्रतिबद्धताले मात्र सकारात्मक प्रतिफल दिने हुदा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष महेन्द्र भुसालले आफ्नो नेतृत्वमा रहेको कमिटी संगठनलाई सशक्त बनाउँदै नगरस्तरमा नेतृत्वदायी भुमिकामा रहने बताउदै समीक्षा र योजनाका आधारमा काम गर्ने बताउनुभयो।

 

You might also like
Leave A Reply

Your email address will not be published.