बुटवल।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुपन्देहीको ओमसतिया आउने हुने ओमसतिया वडा नं–६ वडा अध्यक्ष शिव कुमार धवलले बताउनुभया । जुमहानी पोखरा तालको शिलान्यास गर्न फाल्गुन २८ गते प्रचण्ड ओमसतिया आउनुहुने भएको हो ।
ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित जुमहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास गर्न पुर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड रुपन्देही आउन लागेको ओमसतिया–६ का वडा अध्यक्ष धवलले जानकारी दिनुभयो ।