Nepali News Portal

बुटवल।
रुपन्देहीमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।ब्याडमिन्टन खेल र युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको हो । बुटवल ११ मा रहेको नवदिलिप कभर्ड हलमा  पत्रकार सम्मेलन गरि चैत ७–९ सम्म ३ दिने प्रतियोगिताको तयारी विभिन्न उपससमिति गठन गरि शुरु भएको क्लबका द्घितिय उपाध्यक्ष तथा खेल संयोजक शम्भु भट्टराईले बताउनुभयो ।

खेल अन्र्तगत  मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरि ६ विधामा प्रतियोगिता खेलहरु नवदिलिप कवर्ड हल र लुम्बिनी कवर्ड हल गरि दुई स्थानमा खेलाईने उहाँले बताउनुभयो । मेन्स सिगलका प्रथम, द्घितिय र तृतियलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि वुमन्स सिगलका प्रथम, द्घितिय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

You might also like
Leave A Reply

Your email address will not be published.