Nepali News Portal

लुम्बिनी प्रादेशिक अस्पतालको ११५ वर्ष : अहिले के ले छ चर्चा ?

बुटवल । बुटवलमा अवस्थित लुम्बिनी प्रादेशिक अस्पताल संचालन भएको एक सय १५ वर्ष पूरा भएको छ । यस अवसरमा अस्पतालले विभिन्न सेवा थप प्रदान गर्ने भएको छ ।
अस्पतालले १ सय १५ वर्ष प्रवेशको अवसरमा आज विशेष समारोह आयोजना गरेर विभिन्न विशेषज्ञ सेवा सुरु गर्न लागेको हो । विसं १९६७ मा ६ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय शैय्या पु¥याइएको छ । आवश्यक अस्पताल भवन निर्माणको चरणमा छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार आईसीयूको संख्या बढाएर ४० पु¥याइएको छ । ४९ शैय्याको सुविधा सम्पन्न क्याबिन र ५० शैय्याको मेडिकल वार्ड विस्तार भएको छ ।
अस्पतालमा लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका पहाडी जिल्लाबाट समेत उपचारका लागि दैनिक एक हजार २ सय बिरामी आउने गरेका छन् । बिरामीको सुविधाका लागि बस्ने, सुत्ने, कुर्नेदेखि परीक्षण गराउने स्थल र उपकरण सुधारिएका छन् ।अस्पतालमा ८ सय ५० कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ । अस्पताल परिसरभित्र सफा र स्वच्छ खानेपानी र शौचालय समेत बनाइएको छ । प्रदेश सरकारले विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न योजना अनुसार प्रदेश गौरवको आयोजना अन्तर्गत अस्पतालको गुरुयोजना अनुसारको भबन निमार्ण कार्य सुरु भएको छ । भबनको अहिले सम्म १५ प्रतिशत काम भएको छ ।
६ अर्ब लागतको गुरुयोजनामा १० तले अत्याधुनिक भवन गरिएको छ । स्थान र सुविधाका हिसाबले १० तले हेलीप्याडको सुविधासहितको अस्पताल भवन बनाउने प्रक्रिया अगाडि बढेको बताइएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालले ११५ औं वार्षिकोत्सव स्वास्थ्यमन्त्री खेम सारुको प्रमुख आतिथ्यतामा गर्ने गरि तयारी भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिनु भयो । बिगत देखी नै नेताहरूले आफ्ना नजिककालाई जागीर खुवाउने अखडाको रुपमा रहेको यो अस्पताल अहिले पनि अछुतो नरहेको जानकारहरु बताउनु हुन्छ । हाम्रा भन्दा पनि काममा राम्रा स्वास्थ्यकर्मी र कर्मचारीबाट सेवा दिन सरोकारवाला सुझाव दिन्छ्न ।

You might also like
Leave A Reply

Your email address will not be published.