Nepali News Portal

कहाँ पुग्यो जनतासँग माओवादी तराई मधेस जागरण अभियान

विराटनगर ।  नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत केन्द्रीय टोली सुनसरी पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू आज सुनसरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।
अभियान अन्तर्गत फागुन १६ मा सप्तरी, १७ गते सिराहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ ।
नवलपुरमा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने नेकपा (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.