Nepali News Portal

साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव बुटवलमा सम्पन्न, लुम्बिनी प्रदेशले पायो शाखा सर्वोत्कृष्ट शाखा सम्मान

बुटवल।
साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव  कार्यक्रम सम्पन्न भएको छ।साहित्यको विकास र विस्तारसगै सामाजिक सेवामा समेत समर्पित साहित्यिक चौतारी नेपालको ११ औँ वार्षिकोत्सव  बुटवलमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण्या आचार्यले आधुनिकता नाममा साहित्यलाई धमिलाउन नहुने भन्दै साहित्यको माध्यमबाट चेतनामुलक सन्देश छर्दै समाज परिवर्तनका निम्ति अगाडी आइरहेका युवाले नयाँ पिढीलाई सहि मार्गमा दिशा निर्देश गनुपर्ने दायीत्व रहेको बताउ नुभयो । साहित्यमा पाका पुराना पुस्तामात्र देखीएको अब तिखारिएका निखारिएका नयाँ पिढी उत्पादनमा यस्ता कार्यक्रमहरु स्कुल स्कुलमा पुर्र्याउनुपर्ने धारणा राख्दै प्रदेशस्तरीय विविध कार्यक्रम पनी ल्याएको बताउनुभयो।  साथै सस्थाको प्रगतीको शुमकामना समेत दिनुभयो ।

साहित्यिक चौतारी नेपालको सातौ अङ्क चौतारी अङ्क ७ र जापानलाई कर्मथलो बनाउँदै आउनुभएकी साहित्यिक चौतारी नेपाल जापान शाखाकी अध्यक्ष साहित्यकार सरिता ढकालको कविता सङ्ग्रह अग्नी सरिता  विमोचन गरिएको थियो  ।विमोचित कृतिमाथि साहित्यकार तथा समीक्षक आनन्द थामीले समीक्षा गर्नुभएको थियो। कार्य सम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिदै आएको सर्वोत्कृष्ट शाखा सम्मान  लुम्बिनी प्रदेश शाखाले हात  पारेको छ

। लुम्बिनी प्रदेशका अध्यक्ष डीआर न्यौपाने सूर्यले  सम्मान पत्र ग्रहण गर्नुभयो।

कार्यक्रममा पाँचवटा प्रदेश शाखाबाट प्रदेश प्रतिनिधिहरूको सहभागिता रहेको थियो साथै उपस्थित प्रतिनिधिहरूले आ आफ्नो शाखाको प्रतिनिधित्व गर्दै रचना वाचन  गर्नुभएको थियो। जसमा लुम्बिनी प्रदेशबाट नारायण भुसाल, गण्डकी प्रदेशबाट शिव त्रीपाठी, वाग्मती प्रदेशबाट मदन काफ्ले यायावरु मधेश प्रदेशबाट सीता शर्मा पन्थी, सुदुर पश्चिम प्रदेशबाट डम्मरी कुमारीले रचना प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा पूजा जिज्ञासु, रामानुज दासी, ममता लैलै , आवाज शर्मा, गोविन्दराज पौडेल, गणेश न्यौपाने , रीता खराल, दीपा अर्याल, तिलक न्यौपाने, दुर्गा थापा, राधा भट्टराई, सञ्जय घिमिरे, सङ्गम अनुरागी , कमल पोख्रेल निश्छलु खगेन्द्र बस्याल, सीता ढुङ्गाना काफ्ले, शर्मिला सापकोटा, आइपी सापकोटा, देवेन्द्र कोइराला आदिले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो।दिप बोर्डिङका सुजल भट्टराई, न्यू होराइजनका बिशेषजङ्ग कार्की र समिप न्यौपाने लगायतले ले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो।कायक्रममा अतिथि प्रा डा. कपिल लामिछाने देवेन्द्रराज शाक्य, डां श्यामपू्रसाद न्यौपाने,लुम्बिनी शाखा अध्यक्ष डीआर न्यौपाने सुर्य लगायतले बोल्नुभएको थियो।संस्थाका अध्यक्ष गिता भण्डारीको अध्यक्षता केन्द्रीय सदस्य अमृत भट्टराइको स्वागत महासचिव रामप्रसाद सुवेदी सङ्गमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा रचना वाचन गर्ने सबै स्रष्टाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।संस्थाका नेपाल भित्र र बाहिर गरी ४० वटा शाखा रहेका छन।

 

You might also like
Leave A Reply

Your email address will not be published.