Nepali News Portal

प्रश्नकर्तालाई नै प्रधानमन्त्रीकै प्रतिप्रश्नको भारी

प्रश्नकर्तालाई नै प्रधानमन्त्रीकै प्रतिप्रश्नको भारी
काठमाडौं । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । सांसदले प्रश्न गरे पछी प्रधानमन्त्रीले जवाफ दिनु पर्ने हुन्छ ।
तर जवाफ दिन रोष्ट्रममा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैजसो प्रश्नमाथि प्रतिप्रश्न गर्नुभएको छ ।
एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला पहिलो प्रश्न थियो – ‘तपाईंले नै तामझामका साथ सिल्यान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन्, किन ?’
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा १६५ निर्वाचन क्षेत्रमा एक/एक वटा रणनीतिक सडकको अवधारणा ल्याएका ल्याउनु भएको थियो  । जसको प्रगतिविवरण सांसद ज्वालाले मागेका माग्नु भएको थियो  । जवाफमा प्रधानमन्त्री ओलीले मआफूले अगाडि बढाएको योजना आफूपछिको सरकारले प्राथमिकतामा नराखेको टिप्पणी गर्नुभयो  । र, ब्यङ्ग्य मिश्रित जवाफ दिनुभयो, ‘प्रश्नकर्ता माननीयजी पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ ।’
अघिल्लो कार्यकालमा प्रधानमन्त्री ओलीले देशभर ३९६ अस्पताल पनि एकसाथ शिलान्यास गर्नु भएको थियो । ती अस्पतालको प्रगति के छ र किन सुस्त छ भन्ने सांसद ज्वालाको प्रश्न थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले उल्टै सोध्नुभयो , ‘कार्यक्रम रद्ध गर्नेहरूले नै फेरि ? तीन वर्षे कार्यक्रम रद्ध हुने अनि कार्यक्रम किन पूरा भएन भनेर प्रश्न गर्ने ? त्यसको प्रगति खोज्ने ?’

You might also like
Leave A Reply

Your email address will not be published.