बुटवल । प्रगतिशील लेखक संघ (प्रलेस),रूपन्देहीका दशौ अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ ।
बुटवलमा सम्पन्न अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा सुवास रिजाल , ज्ञानु केसी र हिरालाल धामी तथा सचिबमा यज्ञलाल सुवेदी, सह सचिबमा गितारानी बराल थापा, काेषाध्यक्षमा टेकराज भुसाल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर केसी, बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हिरा शर्मा, शारदा पाण्डे, कमला बञ्जाडे र दुर्गादेवी थापा रहनुभएको छ। ।
सुप्रसिद्ध प्रगतिवादी कवि रामचन्द्र भट्टराई, दिल साहनी र बूँद रानालाई सुरुमै अभिभावकीय आतिथ्यका लागि बाेलाएपछि मात्र प्रमुख अतिथि प्रलेस केन्द्रीय उपाध्यक्ष प्राज्ञ नमुना शर्मा र विशेष अतिथि संस्थाका सचिब दल.ब. गुरुङ र अन्य अतिथिलाई आतिथ्यका लागि बाेलाइएकाे थियाे भने सभाध्यक्षलाई अन्तिममा बाेलाइएकाे थियाे। अतिथिहरूलाई माथिल्लो र तल्लाे श्रेणीमा विभक्त नगरी समानता र सहअस्तित्वकाे अनुभूति दिनाउने गरी समतलीय पद्धतिलाई अनुसरण गरिएकाे निवर्तमान अध्यक्ष एवं छन्द अभियन्ता अङ्ग्रेजी, संस्कृत र नेपाली छन्दका समख्याता मार्क्सवादी साैन्दर्यशास्त्री कविराज पाैडेलले जानकारी दिनु भयो । उहाँले भन्नुभयो- “सामन्तवादी आतिथ्य परम्पराकाे सीमा रेखालाई भत्काई केही नयाँपन दिने प्रयास गरियो ।जुन प्रगतिशील लेखकहरुले स्वागत गर्नु भएको छ । ”
कार्यक्रममा पूर्व अध्यक्ष तथा रूपन्देहीका पुराना कम्युनिस्ट नेता देवेन्द्र घिमिरेलाई पूर्व अध्यक्ष प्रदीप प्रधानद्वारा स्थापित ज्याेतिमान बुद्धिकुमारी प्रधान अक्षयकोषबाट प्रलेस सम्मान तथा पुरस्कार २०८१प्रदान गरिएको थियो ।
प्रतिवेदन र प्रलेस अङ्क-५ प्रकाशनकाे अनुभूति बारे बोल्दै निवर्तमान अध्यक्ष पाैडेलले प्रगतिवादी स्रष्टाहरूले विचारधात्मक संघर्षमा गत्याराेध आएकाे ऐतिहासिक सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिमाथि चारैतिरबाट प्रहार भइरहेकाे बताउनु भयो ।
अधिवेशनमा विभिन्न घटकका कम्युनिस्ट पार्टी प्रमुख र विशेष अतिथिसहित पार्टी प्रतिनिधिहरू-नेकपा (एमाले) जिल्ला अध्यक्ष यज्ञ गैरे, नेकपा (माओवादी केन्द्र ) प्रदेश सचिवालय सदस्य सुजित बि.क, राष्ट्रिय जनमाेर्चाका नेता लिल ब. के.सीले शुभकामना व्यक्त गर्नु भयो । अधिवेशममा सार्वजनिकीरण भएकाे प्रलेस अङ्क-५ काे समीक्षककाे भूमिकामा रहनुभएका पूर्व अध्यक्ष प्रा. डा. कपिलदेव लामिछाने,प्रा.डा हिरण्यलाल ज्ञवाली, प्रलेस,केन्द्रीय सदस्य हृदय लेकाली, प्रदेश उपाध्यक्ष तिलक लामिछाने प्रदीप प्रधान, दिल्लीराज भट्टराई ,रुद्र ज्ञवाली,अध्यक्ष मण्डलका संयाेजक पूर्व अध्यक्ष डा.मुरारी पराजुली,अक्सफोर्ड कलेजका अध्यक्ष डा.अजित खनाल,गिरी श्रीस मगर,लुम्बिनी बाैद्बविश्वविद्यालयका सह प्रा.डा.सागर न्याैपाने,ऋषि आजाद,रुद्र शर्मा दु:खी,डा. बालकृष्ण चापागाईं प्रदेश उपाध्यक्ष तिलक लामिछाने लगायतको उपस्थिती रहेको थियो ।