बुटवल । प्रगतिशिल लेखक संघ रूपन्देहीले न्यू एकेडमी इङ्लिस बाेर्डिङ स्कुल,सैनामैना-२ मा एक दिवसीय अङ्ग्रेजी,संस्कृत र नेपाली लाेकछन्दहरूमा कविता लेखन तथा वाचन कार्यशाला सम्पन्न गरेको छ ।
विद्यालयका प्राचार्य टाेपलाल भट्टराईकाे अध्यक्षता र वरिष्ठ साैन्दर्य चिन्तक ऋष्रिराम भुषालको प्रमुख आतिथ्यता र मुक्तककार डा.मुरारि पराजुलीकाे विशिष्ट आतिथ्य रहेकाे उक्त कार्यशालामा प्रमुख प्रशिक्षक प्रलेसका अध्यक्ष कविराज पाैडेल र प्रशिक्षक छन्दकवि सागर के.सीले प्रशिक्षण दिनु भयो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मीन प्रसाद पाैडेल गगनजंग शाह , कृष्ण गाउँले लगायतले मन्तव्य व्यक्त गर्नु भयो। कार्यक्रममा शिक्षक र विद्यार्थीसहित झण्डै २ सय ५० प्रशिक्षार्थी रहनु भएको थियो ।