आन्दोलनबाट भ्रष्टाचारीहरु बढारिन्छ : नेता बराल
कम्बोडियामा प्रधानमन्त्रीको लगानीको छानबिन गरिनु पर्ने बताउदै उहाँले भन्नू भयो " आरोप लागेकालाई छानबिन गर्नुपर्छ , आरोप लगाउनेलाई थुनेर मात्र हुँदैन ।"
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले भ्रष्टाचार बिरुद्धको आन्दोलनले एमाले काङ्ग्रेसका भ्रष्टाचारीहरु बढारिने बताउनु भएको छ । माओवादी केन्द्रले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार बिरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिनुहुँदै उहाँले भन्नुभयो- एमाले कांग्रेसको यहि रबैया रहे हिउँदमा सडक आन्दोलन गर्नुपर्ने हुन्छ । त्यसैबाट एमाले काङ्ग्रेसका भ्रष्टाचारीलाई बढारिन्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर वडा न ११ को सातौं अधिबेशनलाई आज सनिवार बुटवलमा सम्बोधन गर्नुहुँदै उहाँले भन्नू भयो- ” माओवादी केन्द्र सुशासन र जनताको हितमा काम गर्ने एक मात्र पार्टी हो। माओवादी केन्द्र नेतृत्वको सरकारले मुलुकमा सुशासन कायम गर्दा एमाले काङ्ग्रेस आतंकित बन्यो ।” सुशासन कायम गर्दा ठगी खान पल्केकाहरु थर्कमान भएको र माओवादी केन्द्र नेतृत्वको सरकारले न्याय शुशासन स्थापित गर्न खोजेकाले नै एमाले काङ्ग्रेस सरकार गिराएको उहाँको भनाइ छ । सामाजिक न्याय, सुशासन र जनहितमा काम गरेकै कारण सरकारबाट हटाईएको उहाँको भनाई छ ।” ठुलाले जे गरे पनि हुन्छ कानुन मानेपनि हुन्छ नमाने पनि हुन्छ भन्ने भन्ने भास्यलाई अन्त्य गरियो । ” उहाँले भन्नू भयो-“ठुलालाई चैन सानालाई ऎन भन्ने नेपाली उखान अब रहेन ।” आरोप लागेको माओवादी केन्द्रका नेताहरुले छानबिन गर्न पार्टीले नै सहजीकरण गरेको बताउदै उहाँले कम्बोडियामा प्रधानमन्त्रीको लगानीको छानबिन गरिनु पर्ने बताउनु भयो । ” आरोप लागेकालाई छानबिन गर्नुपर्छ , आरोप लगाउनेलाई थुनेर मात्र हुँदैन ।” उहाँले भन्नू भयो । वडा अध्यक्ष पुर्ण बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका पुर्ब सदस्य एवं पार्टीका प्रदेश समिती सदस्य दिपा बिक, प्रेस सेन्टर नेपालका प्रदेशका बरिस्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नगरका उपाध्यक्ष सुधन अधिकारी, निर्वाचन समिती संयोजक यज्ञ पाण्डे लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो । माओवादी केन्द्रले देशै भरी वडा अधिबेशन चलिरहेको छ । त्यसै बीच नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तिलोतमा न पा वार्ड न ४ को वार्ड अधिबेशन वार्ड समितिका अध्यक्ष नेत्र रुचालको अध्यक्षता तथा पार्टीका जिल्ला सयोजक निर्मल जि सिको प्रमुख आतिथ्य विशिष्ट अतिथी प्रदेस सदस्य सुदिप न्यौपाने अथिथी नगर अध्यक्ष बेल प्रसाद शर्माको आतिथ्यतामा सम्पन्न भएको छ । अधिबेशनले मनोहर रसाइलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । त्यसै गरि वडा न १३ को तेस्रो अधिबेशनले कमल खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ भने वडा १४ को पनि अधिबेशन सम्पन्न भएका छन । उक्त पार्टीका तिलोत्तमा नगर इन्चार्ज धन बहादुर गुरुङले वडाका अधिबेशन भैरहेको र पालिकाको अधिबेशनको तयारी सुरु गरिएको जानकारी दिनु भयो ।
कांग्रेसका प्रभावशाली नेता चौधरी माओवादी केन्द्रमा प्रबेश
बुटवल । नेपाली कांग्रेस रुपन्देहीका नेता माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ३ का क्षेत्रीय समिती सह सचिब प्रेम सागर चौधरी सहित २ दर्जन बढी कांग्रेस नेताकार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुहुनेमा काङ्ग्रेसमा विभिन्न तहमा कृयाशिल सदस्यहरु हुनुहुन्छ ।काशी प्रसाद थारु , किशोर कुम्हाल, कुल बहादुर कुमाल , कृष्णा कुमाल, गोबिन्द थारु, बिसराम थारु, मनोज थारु , शिबा कुमार थारु, राज कुमार थारु, बिशाल थारु ,संगीत चौधरी ,सुधन थारु , जीवन कुमाल, रामु दगोरिया, गोबिन्द कुँवर,शोभा थारु माओवादी केन्द्रमा प्रवेश गर्नु भएको हो । उहाँहरुलाई एक कार्यक्रम बीच आज माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टी प्रबेश गराउनु भयो ।
नेता चौधरीले माओवादी केन्द्र नै जनताको पार्टी भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो । ” बास्तवमा जनताको पार्टी माओवादी केन्द्र नै रहेछ , कांग्रेसमा अन्याय अत्याचारको आवाज उठाउदा कसैले सुन्दैन ।” उहाँले भन्नू भयो- “बोल्न स्वतन्त्रता छैन, अनियमितता, भ्रष्टाचार बिकृती आदि संरक्षण हुने गरेको देखी सहन सकिन।” उहाँले काङ्ग्रेसमा दलाली प्रवृत्ति बढेकाले न्यायप्रेमी कार्यकर्ताहरुमा असन्तुष्टि बढेको बताउनु भयो ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष बरालले जनताको वास्तविक पार्टी माओवादी केन्द्र रहेको र समाहित हुनेको संख्या बढेको बताउनु भयो । ” देश र जनताको पक्ष जिम्मेवार पार्टी , अन्यायको विरुद्धमा बोल्ने पार्टी माओवादी केन्द्र मात्र रहेछ भन्ने जनताले महसुस गर्नु भएको छ।” उहाँले भन्नू भयो । – माओवादीमा २०६४ सालको जस्तो जनलहर आउदैछ , त्यो उपत्यकाको सभाले नै पुष्ठि गरिसकेको छ ।” बुटवल उपमहानगर पालिका वडा नम्बर १९ को अधिबेशन तथा पार्टी प्रवेश कार्यक्रममा उक्त पार्टीका नगर इन्चार्ज पुस्प ढकाल, नगर अध्यक्ष महेन्द्र भुसाल, वडा अध्यक्ष दिनेश कुँवर, गिरिराज पाण्डे ,झिल्लु नेउपाने लगायतले नेता चौधरीको आगमनले पार्टीलाई अझै मजबुत बनाउने बताउनु भयो ।