बुटवल । ईनरव्हिल क्लब अफ बुटवल जीतगढीले गुल्मी सत्यवती गाउँपालिकाको दुई वटा बिधालयका बिद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर)बितरण गरेको छ ।
सत्यवती गाउँपालिका – ७ मा अवस्थित जुनियाको जुनिया माबी र सोही वडामा रहेको हेमन्त आधारभुत बिधालयका बिद्यार्थीहरुलाई एक कार्यक्रम बिच शुक्रबार स्विटर बितरण गरेको हो । क्लबका अध्यक्ष दिल कुमारी भट्टराई (यसोदा)का अनुसार हेमन्त आधारभूत बिधालयमा २८ र जुनिया मावीमा १७८ स्वीटर बितरण गरिएको हो । जाडाे मौसममा बिद्यार्थीहरुलाई राहत होस भनी न्यानो कपडा प्रदान गरिएको उहाँले बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले निस्वार्थ सेवा भावले बिद्यार्थीलाई न्यानो कपडा बितरण कार्य सह्रानीय रहेको बताउनु भयो । आय श्रोतमा कमजोर रहेको समुदाय बस्तीमा आएर बिद्यार्थीलाई क्लबले पुर्याएको योगदान अतुलनीय रहेको बताउनु हुँदै उहाँले धन्यवाद दिनु भयो । क्लबका संस्थापक अध्यक्ष उमा अर्यालले आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुलाई सानो सहयोगले राहत मिल्ले आशा सहित क्लबका सदस्यहरुको ब्यक्तिगत जुटाएको रकमबाट न्यानो कपडा बितरण गरिएको बताउनु भयो । जुनिया माबीका प्रधानाध्यापक केशवराज भट्टराई र हेमन्त आधारभूत बिधालका प्रधानाध्यापक डण्डपाणि ढकालले क्लबबाट आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा सहित क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
न्यानो कपडा बितरण गर्न क्लबका सल्लाहकार हेमा न्यौपाने पुर्ब अध्यक्ष दुर्गा आचार्य, समाजसेबी प्रेम भट्टराई , सदस्य सुनिता चुदाली लगायत बिधालयमा पुग्नु भएको थियो ।