बुटवल । बुटवल उपमहानगरपालिका ६ मा अवस्थित बुटवल कृषि उपज थोक बजार केन्द्र सटर टेन्डर रोक्न अनेकौं प्रसासको बाबजुद
टेन्डर खुल्ने निश्चित भएको छ । भदौ २४ गते बोल कबोल पत्र पेश गर्नको लागी सूचना प्रकाशन भए पनि बजार ब्यवस्थापन समितीले १० दिन फारम बितरण गरेको थिएन । सटरमा ब्यवसाय गरि रहेको ब्यवसायीहरुको दवाबमा ठेक्का रोक्ने प्रयास भए पनि अन्ततगत्वा ठेक्कामा जाने भएको हो ।
बजार संचालन कार्यबिधि अनुसार यस अघि २०६८ सालमा १० बर्षको लागि सटर भाडा लगाइएको थियो । बहाल अबधि सकिए पनि कोभिडको कारण देखाउदै बहालको लागि ठेक्का प्रक्रिया अघि बढाइएको थिएन । त्यसको फाईदा सटर ब्यावसायी र बजार ब्यवस्थापन समितीले लिएको अन्य ब्यवसायीहरु आरोप लगाउछ्न । सटर बहाल म्याद सकिएको लामो समय पछी कोटेसन खुलेकाले ब्यावसायीहरुले निकै चासोको रुपमा हेरेको ब्यावसायी ऋषव पोख्रेल बताउनु हुन्छ । “टेण्डर रोक्ने ठुलो चलखेल मात्र भएन सर्बोच्चमा समेत मुद्दा पर्यो ।” उहाँले भन्नू भयो -” नियम संगत रुपमा सटर भाडामा लागोस भन्ने हाम्रो चाहना हो । “
बजार ब्यवस्थापन समितीले बोल पत्र दर्ता गर्न सुरु गरेको छ । अशोज २० गते सम्म ५ वटा वोलपत्र दर्ता भएको समिती श्रोतले बतायो । कृषि मन्त्रालय अन्तरगतको क्षेत्रीय कृषि निर्देशनालय , बुटवल उपमहानगर पालिका र ब्यवसायी (फलफुल तथा तरकारी ब्यावसायी)को लगानीमा यो बजार संचालन गरिएको हो । ब्यवस्थापन समितीका अध्यक्ष घनश्याम भुसालले संचालन कार्यविधि अनुसार ६५ वटा भाडामा लगाउन सूचना जारी गरिएको बताउनु भयो ।