Nepali News Portal

बुटवलमा द ब्यूटी वर्ल्ड सञ्चालन

बुटवल । बुटवलमा सुविधा सम्पन्न सहितको द व्युटी वर्ल्ड संचालनमा आएको छ ।बुटवलको अमरपथमा स्तरियसेवा सहित द ब्यूटी वर्ल्ड पार्लर मेकअप टेनिङ एण्डसर्भिस सेन्टर सञ्चालनमा आएको हो ।

लामो समयम सम्म विदेशमा सुन्दरता सम्बन्धी अनुभव संगाल्नु भएकी  देविनगरकी आस्मा पाण्डेय र कालीकानगरकी सबिना थापाले द व्युटी वर्ल्ड संचालनमा ल्याउनु भएको हो ।  संचालक पाण्डेयले विदेशमा सिकेको सीपलाई आफनै देशमा लगानी गर्ने र यो क्षेत्रमा जोडिन चाहनेहरुका लागि अवसर सृजना गर्ने बताउनु भयो । उहाँले  आफनो टेनिङ सेन्टरमा सिप सिकेर १३ जना विदेश गईसकेका र अरुपनि जाने तयारीमा रहेको बताउनु भयो ।

यहाँ विदेश गएकाहरु विदेशमा सहयोगी होईन त्यहाँ प्रशिक्षककै रुपमा काम गर्नेगरी तयारीमा गएको बताउनु भयो । यहाँ आर्थिक अवस्था कमजोर भएका र पार्लर सम्बन्धी ज्ञान लिन इच्छा भएका महिलाहरुलाई प्राथमिकतामा राखेर सीप सिकाईने संस्थाका संस्थापक सञ्चालक भगवान बस्नेतले जानकारी दिनु भयो ।उहाँले पछिल्लो समयमा महिलाहरु रोजगारीका लागिविदेश गए पनि अरु क्षेत्रमा भने जस्तो अवसर नपाउने गरेको बताउनु भयो । त्यसैले सीप सिक्न  अत्यन्त आवश्यक हुने उहाँले बताउनु भयो ।

आफनो सेन्टरमा तालिम लिईरहेकाहरुको आत्मविश्वास बढाउनका लागि विभिन्न समयमा उद्योगी महिलाहरुलाई निमन्त्रणा गरेर अनुभव सटासाट गर्ने गरेको बताउदै सेन्टरमा छाला सम्बन्धी चिकित्सकहरुलाई बोलाएर जानकारी लिने र पार्लरमा उपचार संभव नहुने अवस्थामा अस्पतालमा सिफारिस गर्ने गरेको उहाँले बताउनु भयो । सेन्टरले वर्षमा एक पटकआर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई निशुल्क तालिमदिने जनाएको छ । उहाँले स्थानिय सरकार र विभिन्न संघसंस्थासँगको सहकार्यमा तालिम सेन्टर सञ्चालन हुदै आएको बताउनु भयो । सेन्टरको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेको छ । यसको देशका विभिन्न स्थानमा ४० वटा शाखा रहेका छन ।

 

You might also like
Leave A Reply

Your email address will not be published.