Nepali News Portal

उपभोक्ता समुदायको कार्यले सरकारलाई नै सहयोग पुगेको छ: सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले जनतालाई खानेपानीको प्रबन्ध गर्नु सरकारको दायित्व भए पनि समुदाय स्तरबाट पहल कदमीले उपभोक्ताले सेवा पाउनु श्रहानीय कार्य भएको बताउनु भएको छ ।
बुटवल ११ स्थित सिरान गाउँ खानेपानी तथा बाताबरण सरसफाई उपभोक्ता समितीको १५ औं साधारणसभाको आज उद्घाटन गर्नु हुँदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले समुदायले आफ्नो आवस्यकता पूरा गर्ने गरेको प्रयासले सरकारलाई सहयोग पुगेको बताउनु भयो । उहाँले भन्नू भयो- जनतालाई खानेपानी पुर्याउनु सरकारको दायित्व हो तर तपाइँहरुले जुन कार्य गर्नु भएको छ यसले सरकारको कामलाई सहयोग पुर्याएको छ । ”
उहाँले समुदायले गरेका कामलाई सहयोग पुगोस् भनेर नै यहाँको सामुदायिक भवनमा बजेट बिनियोजन गरेको बताउनु हुँदै अधुरो कार्यलाई सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
समितीका अध्यक्ष पुर्ण बहादुर परियार (प्रकाश )ले उपभोक्तालाई धारा जडान शुल्क , खानेपानी महसुल शुल्कमा सहुलियत दिएको बताउनु हुँदै अधुरो सामुदायिक भवन र खानेपानीको ओभरहेडटंकी पुरा गर्न माग गर्नुभयो ।
नेकपा समाजबादीका जिल्ला सचिब टंक पोख्रेल, खानेपानी उपभोक्ता महासंघ रुपन्देही अध्यक्ष धुर्ब धिताल, बुटवल उपमहानगरपालिका नगर कार्यपालिका सदस्य यम सुनार, नेकपा एमाले नगर उपाध्यक्ष शोभाखर पोख्रेल, माओवादी केन्द्र बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भुसाल , मितेरी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सीता शाही, समितीका निवर्तमान अध्यक्ष कृष्ण बहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नु हुँदै खानेपानी जस्तो अत्यावश्यक सेवा प्रबाहमा समुदायको पहलकदमीले सरकारलाई नै सहयोग पुगेको ब्ताउनु भयो । जनबादी गायक जीवन शर्माले कार्यक्रमलाई संगीतमय बनाउनु भयो । समितीका अध्यक्ष परियारको अध्यक्षता सचिब लक्ष्मी कंडेलको संचालन तथा स्वागत समितीका सदस्य हर्क जिसिले गर्नुभएको थियोे । समितीले बस्तीका ९१७ घर धुरी उपभोक्तालाई सेवा पुर्याइएको कोषाध्यक्ष कमला पाण्डेले जानकारी दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.